आज मधेश प्रदेशमा सार्वजनिक विदाको घोषणा
जि विद्यालयहरु, सँस्थानहरु सुचारु नै रहेको जनाइएको छ ।

२०७९ बैशाख २७ मंगलबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा आज पनि सार्वजनिक विदाको घोषणा गरिएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधामसँग जोडिएको आस्था तथा हिन्दु धर्मावलम्बीहरुको देवी जानकीको जन्मोत्सवको अवसरमा प्रदेशभरि नै सार्वजनिक विदा दिएको हो ।
मधेश प्रदेशको धनुषा, सिरहा, सप्तरी, सर्लाही, महोत्तरी, रौतहट, बारा र पर्सा गरी आठ वटै जिल्लामा आज सार्वजनिक विदा दिने निर्णय कार्यन्वय भएको हो ।
सो क्रममा मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै आज मधेश प्रदेशभरि सार्वजनिक विदा दिएको उल्लेख रहेको छ ।
जानकी नवमीले जनकपुरधाम र यहाँको आस्थालाई विश्वस्तरमा चिनाउने भएकोले मधेश प्रदेशको गरिमा समेत बढने विश्वास शुभकामना सन्देशमा उल्लेख छ ।
आज प्रदेशभरिको सरकारी कार्यालयहरु बन्द रहने भएको छ । नीजि विद्यालयहरु, सँस्थानहरु सुचारु नै रहेको जनाइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…