उदय बरबरियाको चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टरबाट आज यदुकूहा आउँदै प्रचण्ड
यदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।

२०७९ बैशाख २७ मंगलबार, बिहान ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा आईकन बनेका मेयर पदका उम्मेदवार उदय कुमार बरबरिया (यादव) को चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड स्वयँम आउन लागेका छन् ।
नेकपा माओवादी केन्द्रका राष्ट्रिय अध्यक्ष प्रचण्डले दिउँसो ३ बजे हेलिकप्टर मार्फत यदुकूहा आउन लागेका हुन् । मँगलबार दिउँसो ३ बजेदेखि नै हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
गत वि. सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा भारी मतले निर्वाचित भई पुनः मेयर पदमा उम्मेदवारी दिएका बरबरियाको चुनावी सभामा हजारौँको सँख्यामा भोली शहिदनगरवासी ओर्लिने बताइएको छ ।
प्रचण्ड मँगलबार (आज) दिउँसो ३ बजे हेलिकप्टर मार्फत यदुकूहा आउने भएको छ । यदुकूहामै राखिएको चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड धनुषाको शहिदनगर आउन लागेका हुन् ।
यदुकूहास्थित रहेको उच्च मावि यदुकुहाको प्राँगनमा हेलिकप्टर ल्याण्ड गरिने जनाइएको छ । प्रचण्डको स्वागतको सम्पूर्ण तयारी समेत भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…