कक्षा ८ बोर्ड परीक्षाको अँग्रेजी विषयको प्रश्नपत्र आउट
न्यूज ब्यूरो जनकपुरधाम, २० चैत्त । कक्षा ८ को बोर्ड परीक्षा भोली बुधबारदेखि सुरु हुँदैछ । धनुषामा परीक्षा सुरु हुन केही घण्टा मात्र बाँकी रहेको समय प्रश्नपत्र बाहिरिएको छ । स्थानीय तह अन्तर्गत सँचालन हुने कक्षा ८ को बोर्ड परीक्षाको अँग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो । न्यूज ब्यूरो टिमले थालेको ग

२०७४ चैत २० मंगलबार, राति ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, २० चैत्त । कक्षा ८ को बोर्ड परीक्षा भोली बुधबारदेखि सुरु हुँदैछ ।
धनुषामा परीक्षा सुरु हुन केही घण्टा मात्र बाँकी रहेको समय प्रश्नपत्र बाहिरिएको छ ।
स्थानीय तह अन्तर्गत सँचालन हुने कक्षा ८ को बोर्ड परीक्षाको अँग्रेजी विषयको प्रश्नपत्र आउट भएको हो ।

न्यूज ब्यूरो टिमले थालेको गोप्य अपरेशनबाट कक्षा ८ को अँग्रेजी विषयको प्रश्नपत्र एक दिन अगावै बाहिरिएको हो ।
स्थानीय तहबाट सँचालन हुने बोर्ड परीक्षाको लागि प्रश्नपत्र स्थानीय तहबाट वितरण हुने धनुषाका जिल्ला शिक्षा अधिकारी यम बहादुर खड्काले न्यूज ब्यूरोसँग भने ।
"कक्षा ८ को परीक्षा सँचालन जिल्ला शिक्षा कार्यालयको मातहतमा छैन, स्थानीय तहले गर्ने हो । प्रश्नपत्र कसरी बाहिरियो यो कुरा स्थानीय तहका प्रमुखलाई जानकारी हुनुपरयो, किनभने सबै प्रश्नपत्रहरु स्थानीय तहको मातहतमा हुन्छ । मेयर वा प्रमुखले वडाध्यक्षलाई सम्म दिनुपर्छ , तर प्रश्नपत्र कसरी बाहिरियो त्यो उहाँहरुलाई नै जानकारी हुनुपर्छ ।" जिशिअ खडकाले अबेर राती न्यूज ब्यूरोसँग भने ।
प्रश्नपत्र कहाँबाट आएको हो भनेर यकिन हुन सकेको छैन, स्रोत गोप्य राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…