धनुषाको जनकनन्दिनी गाउँपालिकाको गाउँपालिका अध्यक्ष रहेनन् !
नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्ये एक थिए ।

२०७९ बैशाख २४ शनिबार, राति ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यू भएको छ ।
विगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेका शेखको शनिबार बेलुकी ८ः३० बजेको समयमा मृत्यू भएके परिवारजनले जनाएको छ ।
नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्ये एक थिए ।
जननन्दिनी गाउँपालिकामा जनप्रतिनीधिहरुमध्ये नेतृत्वकर्ताको भूमिकामा सदैव देखिएका शेखको साँझ मृत्यू भएपछि सिँगो टोल नै शोकमा डुबेको छ ।
शेखको अल्पायूमै विरामीको कारण मृत्यू भएको हो । उनको मृत्यूप्रति नेपाली काँग्रेसका नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।
शेखको आईतबार बिहान ईस्लाम धर्मालम्बीहरुको रितिरिवाज अनुसार अन्तिम सँस्कार गरिने जनाइएको छ । उनले गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा नदिई कार्यभार सम्हाल्दै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…