रौतहटमा गर्जे गगनः साईकल धेरै दुर चल्दैन, गाछी छापमा मोहर लगाऔँ
त्यो साइकल धेरै दुरी चल्ने छैन।सावधान हुनुस ,गन्तव्यमा पुग्न नसकेर अलपत्र पर्नुहोला ।त्यसकारण तपाइले चाहेको गन्तव्य ,सुख ,शान्ती बिकास र समृद्धिको लागि इशनाथ बासीले गाछी (रुख) छापमा मत दिनुहोला ।

२०७९ बैशाख २३ शुक्रबार, राति ८:२९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाली काङ्ग्रेसको महामन्त्री गगन थापाले रौतहट सहित देशको स्थानीय तहमा बिकास र समृद्धि ल्याउन रुख (गाछी) छापमा मोहर लगाएर नेपाली काङ्ग्रेसको उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
रौतहटको ईशनाथ नगरपालिकामा आयोजित चुनाबी सभालाई शुक्रबार सम्बोधन गर्दै नेता थापाले( रौतहटको सडक पुर्वाधार अलि राम्रो देखिए पनि शिक्षा, स्वास्थको क्षेत्रमा धेरै पिछडिएको छ।
अब धेरै भो।काम होइन भ्रम छर्ने एमाले लगायतको साथ छाड्नुस चुप लागेर रुख छापमा मोहर लगाई काङ्ग्रेसको उम्मेदवारहरुलाई जिताए इशनाथ नगरपालिका सहित जिल्लाको चौतर्फी बिकास हुने दाबी गरेछन् ।
थापाले परिवारमा बस्दा कहिले काहीँ मनमोटाब र अमिलो गुलियो हुने भएकोले टिकेट बितरनको क्रममा नेपाली काङ्ग्रेसमा देखिएको केही स–साना घटना परिघटना मन (मोटाब त्यागेर ,सम्पुर्ण जालझेल छाडेर गाछी (रुख) छापमा भोट दिएर आधिकारिक उम्मेदवारलाई जिताउन अपिल गरे।
जे जति गुनासो छ, बैशाख ३० पछि गरौला अहिले उम्मेदवारलाई जिताउनुस, सबै कार्यकर्ताले आफू नै चुनाब लडेको ठान्नुस ।
नेपाली काङ्ग्रेसबाट इशनाथका मेयर उम्मेदवार अन्जु झा र उप–मेयर उम्मेदवार लालबिहारी साहलाई सम्पुर्ण प्यानेल सहित जिताउनुस सोचे भन्दा बढि बिकास र जनता सेवा हुन्छ। केही उल्टो सुल्टो ,थिचो मिचो हुन्न त्यसको ग्यारेन्टी म लिन्छु भनेर महामन्त्री थापाले प्रतिबद्धता ब्यक्त गरे।
टिकेट नपाएको निहुँमा नेपाली काङ्ग्रेस परित्याग गरेर लोकतान्त्रिक समाजबादी तर्फबाट चुनाब लडन उत्रिएकि प्रदेश सान्सद नागेन्द्र सिन्हाको पत्नी कौशल्या देवी प्रती कटाक्ष मार्दै माहामन्त्री थापाले भने नेपाली काङ्ग्रेसलाई भोट दिनुस ,सुन्दैछु कसैले तपाईलाई साइकिलमा चढाउने कुरा गर्दैछ्न ।
त्यो साइकल धेरै दुरी चल्ने छैन।सावधान हुनुस ,गन्तव्यमा पुग्न नसकेर अलपत्र पर्नुहोला ।त्यसकारण तपाइले चाहेको गन्तव्य ,सुख ,शान्ती बिकास र समृद्धिको लागि इशनाथ बासीले गाछी (रुख) छापमा मत दिनुहोला ।
आउने ५ बर्स तपाईहरुको बिकासे योजनाको खाका कोर्न ,बिकास निर्माण बारे छलफल गर्न ,यो गगन एक चोटि फेरि चुनाव पछि इशनाथ आउने बाचा गरेका थिए।
हेलिकप्टर चढेर आएका महामन्त्री गगन थापा सङ्गै नेपाली काङ्ग्रेसको मधेस प्रदेश सभापति कृष्ण यादब ,रौतहट सभापति सुनिल यादब सहित नेता आएका थिए।कार्यक्रममा स्थानीय हजारौंको उपस्थित रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…