मेयर "लाल" किशोरको "काला" कार्य : राजपा युवा नेता सानु श्रेष्ठ
पहुँचबाला र पैसाबालाले आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्नलाई आम नागरिकको जग्गा अधिग्रहण गर्दै छ ।

२०७४ चैत २० मंगलबार, दिउँसो १२:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २० चैत्त । राजपाका धनुषा जिल्ला युवा अध्यक्ष सुनिल कुमार श्रेष्ठ 'सानु' ले जनकपुरका मेयर लालकिशोर साहको व्यवहारलाई काला कार्यको सँज्ञा दिएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं. १२ बाटै राजपाके प्रत्यासी वडाध्यक्ष उम्मेदवार समेत रहेका श्रेष्ठले विकास निर्माणमा भईरहेको अनियमितता तथा कालाकार्यलाई ध्यानाकर्षण गराउन जाँदा मेयर साहले गुण्डागर्दी भनेर दुरव्यवहार गरेको बताएका छन् ।
उनले भने, "गत १८ गते चैत्तको हामी मेयरसाबलाई हाम्रो वडामा भईरहेको विकास निर्माणमा अनियमितताको बारेमा जानकारी र ध्यानाकर्षण गराउन गयौँ, हाम्रो मुद्दालाई पत्रकारले बढी उजागर गरिदिएको हुनाले पत्रकारसँगै गएर भन त्यो मुद्दालाई समाधानको लागि , मेयरले भन्नुभयो । तिमी राजपाको नेता नै होईन, हामीहरु विकास विरोधी हौँ भनेर पनि भन्नुभयो, अब ज्ञापन पत्र बुझाउन जाँदा पनि गुण्डागर्दी शैली भयो भनेर हप्काए पनि , अब भन्नुस, आफ्नो अधिकार, जनताको हक अधिकारको लागि अगुवाई गर्नु, शान्तिपूर्ण रुपमा ध्यानाकर्षण गराउनु पनि गुण्डागर्दी हो भनेर भन्नु जनप्रतिनीधि भएपछि पदीय दुरुपयोग गर्नु मात्र हो भन्न मलाई खिन्न लाग्दैन ।"
मँगलबार न्यूज ब्यूरोसँग कुरा गर्दे श्रेष्ठले , 'हामी जनताको अधिकारको लागि बोल्दा गुण्डा, अनि उ कुर्शीमा बसेर मात्र आराम फरमाउने चैँ सज्जन ? हामी पनि राजपाबाटै चुनाव लडेको मान्छे, पार्टीमा सँघर्ष गरेको मान्छे, त्यो कुरा लालकिशोर जीलाई पनि थाहा छ, तैपनि तिमी राजपाको होइन भनेर भन्नुलाई भ्रष्टमा लिप्त भएको भनेर प्रमाणित हुन्छ नी ।'
"चुनावको वेला जनतासँग गरेको वाचा, आफ्ना कार्यकर्तासँग गरेको वाचालाई बिर्सेर पदको गलत फाईदा उठाइरहेको आरोप लगाउँदै उनले भने, हामी आन्दोलनको बेला ढुङगा हान्नको लागि मात्र प्रयोग हुने युवा होइनौ, परेको बेला ढुङगा जस्तै कुर्शीबाट पनि फाल्न सक्ने शक्ति राख्दछौँ ।" उनले न्यूज ब्यूरोसँग भने
जनकपुर उपमहानगरपालिका वडा नं. १२ मा पहुँचबाला र पैसाबालाले आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्नलाई आम नागरिकको जग्गा अधिग्रहण गरी सडक निर्माण गर्न लागेको भन्दै युवा नेता श्रेष्ठले त्यसको विरोधमा आवाज उठाएका छन् ।
"एक त प्रदेशको राजधानी जनकपुरमा विकास निर्माणको नाममा, २०० करोडको बजेटमा जनकपुरवासीले ३०० करोड बढीको योग्दान र क्षति सहेकै हुन, त्यसमा पनि नाजाय ढङगले विकासको नाममा कसैको नीजि सम्पति समेत अधिग्रहण गरी दुःख दिनु कतिको जायज हो ?" उनले सरोकारबालासँग प्रश्न तेर्सयाए ।
जनताको घाँटी रेटेर विकास निर्माणको कुरामा ईमान्दारिताको नाटक र बहस गर्नु रतिभर पनि जायज नभएको भन्दै युवा नेता श्रेष्ठले जनप्रतिनीधि भएर यसरी आम जनता र अगुवासँग व्यवहार गर्नु भनेको लोकतन्त्र र स्वतन्त्रताप्रतिको आक्रमण मात्र भएको बताएका छन् ।
एडीबी अन्तर्गतको आइयूडीपीको रोड सर्भे अनुसारको र मापदण्ड अनुसारको कार्य हुनुपर्ने, स्थलगत अनुगमन गरी दोषी उपर कारवाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका मागहरु अघि सार्दै मेयर लाल किशोर साहलाई गत आईतबार नेता सानु श्रेष्ठकै अगुवाईमा ज्ञापन पत्र बुझाउन जाँदा मेयर साह र नेता श्रेष्ठबीच विवाद भएको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…