किसानलाई मलखाद्य सहज व्यवस्था र परिचय पत्र दिने घोषणासहित जनमतका महतोको घरदैलो
नयाँ पुस्ता र शिक्षित् व्यक्तिहरु उनको लागि अनुकूल देखिए पनि जितका लागि निर्णायक पुराना मतदाताको विश्वास जित्नुपर्ने चुनौती छ ।

२०७९ बैशाख २३ शुक्रबार, बिहान ९:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिका वडा ३ मा जनमत पार्टीबाट वडा अध्यक्ष पदका उम्मेदवार उमानाथ महतोले घरदैलो अभियानलाई तिव्र बनाएका छन् ।
स्थानीय चुनावको केही दिन मात्र बाँकी रहँदा उनी वडाको विकास समृद्ध पार्ने एजेन्डासहित घरदैलोमा पुगेर मत मागिरहेका छन् ।
नरहा गाउँपालिका वडा ३ लाई भ्रष्टाचारमुक्त, गुणस्तरीय तथा प्राविधिक शिक्षा, शुलभ उपचार सेवा, कृषि क्षेत्रको सिंचाइ तथा समयमा मलखाधको व्यवस्था, युवालाई स्थानीय स्तरमै रोजगारसहित आफ्नो मुख्य एजेन्डा रहेको उम्मेदवार महतोले बताए ।
“जनताले अन्य सबै दललाई हेरिसके, ठग र भ्रष्टहरुको पहिचान गरिसके, उनले भने, –“अब मधेशलाई जनमत पार्टीले मात्र समृद्ध बनाउन सक्छ, म यहाँको बासिन्दाको हैसियतले वडा अध्यक्ष बने भने जनतालाई नमूना काम गरेर देखाउँछु ।”
अब युवाको पालो , हामीले पढेलेखेको कहिले काम लाग्छ ? हाम्रो वडा हामी आफैं बचाउँछौं, ‘मैले यसबारे सोचेको दुई÷तीन वर्ष अगाडिदेखि नै हो। भुत पुर्व वडा अक्ष्यक्षले यस वडालाई आफ्नो नेतृत्वमा सम्रिधि बनाउछु भन्ने आशा दिएर एक दम थोरै विकास गरे र त्यसमा नि अत्याधिक अनियमितता गरेको वडाको बासिन्दाललाई अवगत नै छ । सबैले विकास गर्छु, यो गर्छु त्यो गर्छु भन्दै पूरा नहुने सपना देखाए। तर आफुले मानिसलाई खुसी केले दिन्छ भन्ने कुरा नै मेरो चाहना हो।
पहिल्यैदेखि राजनीतिक र सामाजिक विषयमा चासो राख्ने स्वप्नील बताउँछन्। 'नेताहरूले गर्ने राजनीतिक परिचालन र कामले आफुलाई फ्रस्टेट बनाउँथ्यो,ु। नरहा गाउँपालिका वडा नं. ३ आफ्नै स्थानीय तहको राजनीतिक अवस्था देखेर निराश भएपछि महतो राजनीतिमा आएको बताउँछन्।
“यस वडाको जनतालाई के कुराले खुसी दिन्छ त्यसको पछाडि लाग्ने हो। बाटोको धुलो हटाएर खुसी हुन्छ कि खाल्डो पुरिदिएर खुसी हुन्छ कि ? मानिसको मनोवैज्ञानिक खुसीका लागि म वडा अध्य्क्ष पदको लागि लड्दैछु। मानिस खुसी हुनुपर्यो। मानिसलाई खुसी बनाउन जे चाहिन्छ म त्यो गर्छु। मैले भनेको कुरा मात्र हुनुपर्छ भनेर लाग्दिनँ। मानिसलाई जे कुरा आवश्यकता छ, त्यो कार्यान्वयनको पहल गर्छु ।”– वडा अध्य्क्ष पदको उमेदवार उमानथले बताए।
आफू निर्वाचित भएको खण्डमा कुनै पनि काम जनताको सल्लाह विना नगर्ने उनको बाचा छ । उनले शिक्षित, योग्य र सक्षम उम्मेदवारलाई मात्र मत दिन मतदातालाई अपिल पनि गरिरहेको छ।
नयाँ पुस्ता र शिक्षित् व्यक्तिहरु उनको लागि अनुकूल देखिए पनि जितका लागि निर्णायक पुराना मतदाताको विश्वास जित्नुपर्ने चुनौती छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…