सबैलामा माओवादीका कारी भारी
सबैला नगरपालिकाबाट नेपाली काङ्ग्रेस जगत सुन्दर साह, नेकपा एमाले बाट राजकिशोर यादव लोसपा बाट रामचन्द्र जैसवाल र कारी यादव को त्रिपक्षिय भिडन्त हुने सम्भावना देखिएको छ ।

२०७९ बैशाख २२ बिहीबार, राति ९:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्र पार्टीबाट धनुषाको सबैला नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका कारी यादव यसपाली अन्य उम्मेदवारहरुको लागि भारी बन्दै गएको छ ।
माओवादी केन्द्रको मातृका प्रसादको भाइ रहेको हुदा नेता यादवको गाउँ रहेकोले माओवादी केन्द्र मजबुत रहेको हुदा यसपाली भने भारी देखिएका छन् ।
मेयरको लागि उम्मेदवारी दर्ता गराएका यादवले घरदैलो अभियान चलाएका छन् । उनका साथै उनका सहयोगीहरुले सबैला नगरपालिकाको विभिन्न वडामा गएर घरदैलो सुरु गरेका छन् ।
सबैला नगरपालिका वडा नम्बर १ बाट घरदैलो अभियान सुरु गरेका यादवले चुनावको तीनदिन अघिसम्म चुनावी प्रचार प्रसारलाई तिव्रता दिने जनाएका छन् ।
सबैला नगरपालिकाबाट नेपाली काङ्ग्रेस जगत सुन्दर साह, नेकपा एमाले बाट राजकिशोर यादव लोसपा बाट रामचन्द्र जैसवाल र कारी यादव को त्रिपक्षिय भिडन्त हुने सम्भावना देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…