कमला नगरपालिकामा काँग्रेसको घरदैलोमा जनसागर
यस्तै, नेपाली काँग्रेसबाटै निवर्तमान उपमेयर एवम् पुनः अर्को कार्यकालको लागि उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी शिला देवी मण्डलसहित वडादसस्यहरुले समेत आ आफ्नो गाउँ वस्तीमा गएर भोँट मागेकी हुन् ।

२०७९ बैशाख २२ बिहीबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टीको गढ मानिएको पूर्वी धनुषाको कमला नगरपालिकामा काँग्रेसको घरदैलो कार्यक्रममा जनसागर ओर्लियो ।
नेपाली काँग्रेसबाट मेयरको लागि उम्मेदवारी दिएका विशेश्वर यादव र वडा नं. २ को वडाध्यक्षको लागि उम्मेदवारी दिएका ठकु यादवले विहिबारदेखि सुरु गरेको घरदैलो कार्यक्रममा नगरपालिकाको कुनाकाप्चाबाट सयौँको सँख्यामा समर्थकहरुले वडा तताएको थियो ।
विहान ९ बजेदेखि कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैयास्थितबाट सुरु गरिएको घरदैलो कार्यक्रमको लागि नगरपालिकाको ९ वटै वडाबाट आएको काँग्रेसका समर्थकहरुले सडक तताएका थिए ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जनताको घर घर गएर भोँट माग्नको लागि नेपाली काँग्रेसका चर्चित नेता विशेश्वर यादवले मेयरको लागि भोंट मागे भने धनुषामा ईमान्दार नेतृत्व मानिएको ठकु यादवले वडाध्यक्षको लागि भोंट मागे ।
यस्तै, नेपाली काँग्रेसबाटै निवर्तमान उपमेयर एवम् पुनः अर्को कार्यकालको लागि उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी शिला देवी मण्डलसहित वडादसस्यहरुले समेत आ आफ्नो गाउँ वस्तीमा गएर भोँट मागेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…