नगरपालिकालाई प्राविधिक शिक्षाको हब बनाउँछुः उम्मेदवार महतो
मिथिला नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्ने मेरो पहिलो प्राथमिकता छ, महतो भन्छन्, २८ वर्षको जागिरे अनुभव छ, आफ्नो नगरमा कुनै जनप्रतिनिधि वा कर्मचारीका कारण जनताले दुःख पाउँदैनन् ।

२०७९ बैशाख २२ बिहीबार, राति ९:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदबार महेन्द्र महतो नगरपालिकालाई प्राविधिक शिक्षाको हव बनाउने प्रतिबद्धता गरेका छन् ।
बिहिवार मेयरका उम्मेदवार महतो सहित कांग्रेसका नेता कार्यकर्ताहरुले मिथिला नगरपालिकाको प्रमुख केन्द्र ढल्केवर चोकमा शक्ति प्रदर्शन गर्दै घरदैला गरेरे मत माग्दै नगरपालिकामा प्राविधिक शिक्षाको प्रयाप्त सम्भावना रहेकाको बताए ।
काठमाडौं महानगरपालिकाको टिममा बसेर काम गर्दाको अनुभवलाई आफ्नो नगर विकासमा लगाउने उनले बताए ।
महतो भन्छन्, ‘सहरीकरणको बारेमा लिएको राष्ट्रिय अन्तर्राष्ट्रिय तालिम र प्रतिष्ठित व्यक्तित्वहरुसँग गरेको कामको अनुभवले पनि नगरको विकास गर्न सहयोग पुर्याउने छ।’ मतदातालाई भोट बैंकुको रुपमा देखेका यसअघिका जनप्रतिनिधिहरुले सपना मात्रै देखाए। तर, आफूले भनेका कामहरु र वाचाहरु भने पूरा गर्न सकेनन् । आफ्नो ठाउँ आफैं बनाउनुपर्ने पालिकालाई कमाइ खाने भाँडो बनाए । यस्ता कुराहरु जनताले बुझेका छन् र हामीले बुझाइरहेका छौं।, उनले भने ।
‘नगरपालिका कस्तो प्रणालीले चल्छ, कस्तो मेकानिजम हुनुपर्छ भन्ने थाहा छ’, उनी भन्छन्, ‘आफ्नो अनभुवलाई गाउँ र नगरको विकासमा खर्चिन पाए हुन्थ्यो भन्ने सोचले पनि म मिथिला नगरपालिकाको मेयरमा उम्मेदबारी दिएको हुँ। घरदैलोको क्रममा जनताले झन उत्साह थपेको छ । जनताको अपेक्षालाई आत्मसाथ गरी काम गर्छु । मेरो लागि जनता नै ठूलो हो ।’
बुर्जुवा राजनीतिले अबको नगर बन्दैन भन्ने भन्नेमा म प्रष्ट छु । र, मिथिला नगरपालिकाका जनताले जनताले वैकल्पिक अनुहार खोजेकोले पनि आफ्नो जित सुनिश्चित भएको महतोको दाबी छ। महतोलाई मतदाताले वैकल्पिक अनुहार मान्छन् ।
पछिल्लो समय प्रविधिको विकाससँगै गाउँगाउँमा नागरिकहरुको चेतना स्तरमा वृद्धि भएको छ । जसका कारण नागरिकहरुले मत कसलाई दिने भन्ने कुरा छुट्याउन सक्छन् ।
मिथिला नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्ने मेरो पहिलो प्राथमिकता छ, महतो भन्छन्, २८ वर्षको जागिरे अनुभव छ, आफ्नो नगरमा कुनै जनप्रतिनिधि वा कर्मचारीका कारण जनताले दुःख पाउँदैनन् ।
मिथिला नगरपालिकामा ८० प्रतिशत जनता कृषिमा निर्भर छन् । किसानलाई सिँचाई, मल तथा बिउबिजनको अभाव हुन नदिने गरी काम गर्ने, स्वास्थ्य क्षेत्र सुधारका लागि काम गर्ने उनको प्रतिबद्धता छ। उनले आफू २४ घण्टा नै खटिनसक्ने भएकोले नगरको विकासका लागि पनि विगतमा संगठनमा खटिएजस्तै २४ सैं घण्टा खटिएर काम गर्ने उनले बताए।
‘निर्वाचित भएपछि नगरवासीकै सल्लाहको आधारमा नगर विकासका लागि काम गर्नेछु । घरदैलोको क्रममा मतदाताहरुबाट उत्साहजनक प्रतिक्रिया पाएकोछु । म नगर प्रमुखमा निर्वाचित हुनेमा पूर्णरुपमा विश्वस्त छु,’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…