विदेह नगरपालिकामा कलम छापबाट राजकिशोर रोहिता भारी, घरदैलो तीव्र
मेयरको लागि पुनः उम्मेदवारी दर्ता गराएका यादवले सोमबारबाट घरदैलो अभियान चलाएका छन् ।

२०७९ बैशाख २० मंगलबार, राति १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा (समाजवादी) पार्टीबाट धनुषाको विदेह नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका राजकिशोर यादव यसपाली अन्य उम्मेदवारहरुको लागि भारी बन्दै गएको छ ।
विदेह नगरपालिकाको गत वि.सं. २०७४ सालको चुनावमा झिनो मतले मात्र माओवादीबाट पराजित भएका राजकिशोर रोहिता यसपाली भने भारी देखिएका छन् ।
मेयरको लागि पुनः उम्मेदवारी दर्ता गराएका यादवले सोमबारबाट घरदैलो अभियान चलाएका छन् । उनका साथै उनका सहयोगीहरुले विदेह नगरपालिकाको विभिन्न वडामा गएर घरदैलो सुरु गरेका छन् ।
विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा टोलबाट घरदैलो अभियान सुरु गरेका यादवले चुनावको तीनदिन अघिसम्म चुनावी प्रचार प्रसारलाई तिव्रता दिने जनाएका छन् ।
विदेह नगरपालिकाबाट निवर्तमान मेयर बेचन दास, स्वतन्त्र उम्मेदवार गोविन्द साह र राजकिशोर रोहिता (यादव) को त्रिपक्षिय भिडन्त हुने सम्भावना देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…