शहिदनगरको वृद्धवृद्धाहरुलाई घरमै पुगेर प्रत्येक महिना स्वास्थ्य चेकजाँच हुन्छः बरबरिया
गरिब , दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गर्ने, धनुषा जिल्लामै नगरपालिकास्तरीय रुपमा स्वास्थ्यमा ईमरजेन्सी सेवा सँचालन गर्न सफल भएको उल्लेखसहित भिडियो एक्सरेहरु, ल्याब सँचालनहरु शिघ्र हुने उल्लेख छ ।

२०७९ बैशाख १९ सोमबार, राति ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगरका निवर्तमान मेयर एवम् मेयर पदका उम्मेदवार उदय कुमार बरबरिया (यादव) ले चुनावी एजेण्डा सार्वजनिक गरेका छन् ।
सोमबार जारी गरेको विकासे एजेण्डामा उनले स्वास्थ्य तर्फ प्रत्येक जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य चेकजाँच गर्ने नीति लागू गर्ने उल्लेख गरेका छन् ।
नगरमा एम्बुलेन्सको संख्या बढाउने र प्रत्येक वडासँगको सहकार्यमा वडाको आफ्नै एम्बुलेन्स किन्न सहजता प्रदान गरिने भनेर उल्लेख गरेका छन् ।
जन्डिस, मधुमेह, मलेरिया, उच्चरक्तचाप बारे जनचेतनामुलक कार्यक्रमहरु सँचालन गरिने, प्रजनन स्वास्थसम्बन्धि हाल भैरहेको सचेतनाका कार्यक्रमहरुलाई वडास्तरमै संचालन गर्ने र प्रजनन योग्य महिलाहरु लाभान्वित बनाइने उल्लेख छ ।
नगर अस्पतालमा हाल संचालित २४ घन्टे इमर्जेन्सी सेवालाइ जनशक्तिले भ्याए सम्म प्रत्येक वडामा लैजाने, बालपोषणका कार्यक्रमलाई झन प्रभावकारी बनाउदै लैजाने, हाल लामखुट्टे (मछर) को समस्यालाइ प्रभावकारी व्यवस्थापनमा जोड दिने जस्ता घोषणाहरु उल्लेख छ ।
गरिब , दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गर्ने, धनुषा जिल्लामै नगरपालिकास्तरीय रुपमा स्वास्थ्यमा ईमरजेन्सी सेवा सँचालन गर्न सफल भएको उल्लेखसहित भिडियो एक्सरेहरु, ल्याब सँचालनहरु शिघ्र हुने उल्लेख छ ।
(घोषणापत्रको स्वास्थ्य शिर्षकबाट लिएको बुँदाको आधारमा)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…