भोली सार्वजनिक विदाको घोषणा
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी फुयालद्धारा हस्ताक्षरित सूचनामा मुस्लिम धर्मावलम्बीहरुको ईद उल फित्रको अवसरमा २० गते बैशाखमा सार्वजनिक विदा कायम गरिएको उल्लेख छ ।

२०७९ बैशाख १९ सोमबार, दिउँसो ४:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोली मँगलबार देशैभरि सार्वजनिक विदाको निर्णय गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै भोली मँगलबार मुस्लिम धर्मावलम्बीहरुको ईद पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपाल राजपत्र गत बर्षको फागुन २६ गते भएको सूचना अनुसार गृहमन्त्रालयले भोली एक दिन सार्वजनिक विदाको निर्णय गरेको हो ।
छिमेकी मुलुक भारतसहित अन्य देशमा सोमबार (आज) नै ईद पर्व मनाइदैछ भने नेपालमा भोली ईद पर्व मनाउन लागिएको हो ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी फुयालद्धारा हस्ताक्षरित सूचनामा मुस्लिम धर्मावलम्बीहरुको ईद उल फित्रको अवसरमा २० गते बैशाखमा सार्वजनिक विदा कायम गरिएको उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…