नेपाल प्रहरीको IGP मा धीरज प्रताप सिँह नियुक्त
कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मिचेर महानिरीक्षक नियुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नियुक्त गर्न सुझाव दिए पनि बालुवाटारकै दबाबमा सिंहलाई महानिरीक्षकमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।

२०७९ बैशाख १८ आइतबार, दिउँसो २:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (IGP) धिरजप्रताप सिंहलाई बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री अवकाशमा गएपछि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गरेको हो ।
२०४९ चैतमा सेवा प्रवेश गरेका तर एआईजी, डीआईजी र एसएसपीमा फरकफरक मितिमा बढुवा भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मिचेर महानिरीक्षक नियुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नियुक्त गर्न सुझाव दिए पनि बालुवाटारकै दबाबमा सिंहलाई महानिरीक्षकमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह गत चैत ७ मा एआईजीमा बढुवा भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…