कमला नगरपालिकामा जसपाका यी चार दिग्गज वडाध्यक्षका उम्मेदवारहरु पुनः दोहरिए
उनी वडा नम्बर २ बाट जसपाबाट पुनः उम्मेदवारी दर्ता गराएका छन् ।

२०७९ बैशाख १४ बुधबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा गत चुनावमा जनता समाजवादी पार्टी (तत्कालिन संघीय समाजवादी) बाट निर्वाचित भएका निवर्तमान वडाध्यक्षहरु पुनः उम्मेदवारी दर्ता गराएका छन् ।
गत चुनावमा कमला नगरपालिका वडा नम्बर १ बाट अधिक मतले विजयी भएका राजकुमार यादव, वडा नम्बर २ का धनेश्वर यादव, वडा नम्बर ३ का विशेश्वर यादव र वडा नम्बर ८ का राजेश्वर मरिक (यादव) पुनः वडाध्यक्षमा मनोयन दर्ता गराएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर चारै जनाले जसपाबाट पुनः उम्मेदवारी दर्ता गराएका हुन् । कमला नगरपालिकामा वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादवले निरन्तर प्रतिपक्षको भूमिका निवाह गरेको नेतृत्वको रुपमा चिनिए ।
यता, वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादव वडा नम्बर ३ मा जसपाबाट बलियो र दिग्गज वडाध्यक्षका उम्मेदवार मानिन्छन् । उनी समेत प्रतिपक्षको भूमिकामा निरन्तर देखिदै आएका छन् ।
वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले प्रतिपक्षसहित सत्तापक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् । उनी वडा नम्बर २ बाट जसपाबाट पुनः उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक यादवको व्यक्तिगत पहिचानको आधारमा मत पाउने दाबी उनी गर्छन् । सँगठनात्मक हिसाबले समेत आफू जित्ने दाबी उनी गर्छन् ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…