लोसपाले टिकट नदिएपछि एमालेबाट युवा नेता साहको उम्मेदवारी
जनकनन्दिनी गाउँपालिकामा मनोज कुमार साहको व्यक्तिगत पक्कड मध्यम मानिन्छन् ।

२०७९ बैशाख १३ मंगलबार, राति ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सुरुदेखि नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा आवद्ध रहँदै आएका खजुरीका युवा नेता मनोज कुमार साह अन्ततः एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदको लागि सोमबार साहले एमाले पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
लोसपाबाट निरन्तर राजनीतिक यात्रामा रहेका साहलाई लोसपाले टिकट नदिएपछि एमालेबाट उनले तुरुन्तै टिकट लिएर जनकनन्दिनी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले लोसपाबाट टिकट नपाएपछि दुःखद व्यक्त गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनीधिसभा सदस्य एवम् पूर्व मन्त्री उमा शंकर अरगरियामाथि आक्रोस पोखे ।
उनले अरगरियाको लागि दिनरात एक गरी आफू कार्य गरेको भएपनि मैले पाउनुपर्ने टिकट अरुलाई दिएपछि मन दुखाएको बताउँदै अन्त्यमा एमालेबाट टिकट लिएर उम्मेदवारी दर्ता गराएको बताए ।
जनकनन्दिनी गाउँपालिकामा मनोज कुमार साहको व्यक्तिगत पक्कड मध्यम मानिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…