कमला नगरपालिकामा मेयरका बलिया उम्मेदवार 'पशुपति यादव'
उत्ता, नेपाली काँग्रेसबाट विशेश्वर यादव पनि मेयरको लागि बलिया उम्मेदवारकै रुपमा गनिन्छन् ।

२०७९ बैशाख १३ मंगलबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाको लागि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट बलिया उम्मेदवारको रुपमा पशुपति यादवले उम्मेदवारी दर्ता गराए ।
कमला नगरपालिकाको विभिन्न वडामा रहेको जसपाको सँगठनसहित व्यक्तिगत पक्कड समेत बलियो मानिएको पशुपति यादव नगर प्रमुखको लागि बलिया उम्मेदवारको रुपमा उभिएका छन् ।
कमला नगरपालिकाको वडा नं. १, २, ३, ५, ६, ८ लगायतका वडामा सँगठन सँरचना समेत बलियो भएको जसपाको तर्फबाट यादवको उम्मेदवारीले कमला नगरपालिकामा नयाँ अनुहार खोजीमा पर्न सक्ने सम्भावना प्रबल देखिएको छ ।
उत्ता, नेपाली काँग्रेसबाट विशेश्वर यादव पनि मेयरको लागि बलिया उम्मेदवारकै रुपमा गनिन्छन् । कमला नगरपालिकामा त्रिपक्षिय भिडन्त हुने संकेत देखिएपनि आम नागरिकमा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लािग पूर्ण तयारीका साथ स्टेण्डवाय बसेका पशुपति यादवले प्रचार प्रसार समेत तीव्र पारेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…