शहिदनगरमा कांग्रेसबाट सुधिर गोइतले दर्ता गराए मनोयन
गत चुनावमा सहिद नगरमा कांग्रेसले देबेन्द्र भर्खेरलाई उम्मेदवार बनाइएका थिए ।

२०७९ बैशाख १३ मंगलबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले सुधिर गोइत उम्मेदवार बनाएको छ ।
टिकटको लागि नगर कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको थियो । कांग्रेसका मधेश प्रदेश समितिले सुधिर गाइतलाई छनोट गरेको छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दिएको दुई दिनको समयमा अन्तिम दिन सोमवार नगरपालिको निर्वाचन अधिकृत कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
कांग्रेसको तर्फबाट उम्मेदवार भएका गोइत धनुषा जिल्ला कार्यसमितिको सदस्य समेत हुन । “मेरो उम्मेदवारी पदको लागि मात्रै नभइ साच्चैनै सहिद नगर नगरपालिकाको समृद्धि र विकासको लागि हो”उनले भने,“मैले चुनाव जिते भने जनतासँग गरेको एकएक प्रतिबद्धता पूरा गर्छौ ।”
गत चुनावमा सहिद नगरमा कांग्रेसले देबेन्द्र भर्खेरलाई उम्मेदवार बनाइएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…