काँग्रेसले टिकट नदिएपछि पूर्व SSP बने स्वतन्त्र उम्मेदवार
विदेह नगरपालिकामा निर्वतमान मेयर बेचन दासले दादागिरी, एकलौटी गरेपछि उनका समर्थकहरु न्यून भएका छन् भने प्रहरी सँगठन जस्तो मर्यादित सँगठनबाट एसएसपी रहिसकेका साहलाई विदेहनगवासीले समर्थन जनाएपछि उनी चुनावी मैदानमा आएका हुन् ।

२०७९ बैशाख १२ सोमबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। नेपाली काँग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
मनोनयन दर्ताको दोस्रो दिन शुभेच्छुकहरुको सहभागितामा निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले शिक्षा, स्वास्थय, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरु आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
केही साता पूर्व साहले चुनाव लड्नकै लागि पार्टीको आश्वासनमा नेपाल प्रहरीको एसएसपी पदबाट राजीनमा दिएर चर्चामा आएका थिए । पार्टीले टिकट नदिए पनि स्थानीयहरुको सहयोगले चुनाव जित्ने भन्दै उनले सबैलाई एक पटक मौका दिन आग्रह गरेका छन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखी प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगार, पर्यटन जस्ता समृद्धिका आधारहरू आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । पार्टीले टिकट नदिए पनि स्थानीयहरूको सहयोगले चुनाव जित्ने भन्दै साहले सबैलाई एक पटक मौका दिन आग्रह गरे।
केही साता पूर्व साहले चुनाव लड्नकै लागि पार्टीको आश्वासनमा नेपाल प्रहरीको एसएसपी पदबाट राजीनामा दिएर चर्चामा आएका थिए ।

विदेह नगरपालिकामा निर्वतमान मेयर बेचन दासले दादागिरी, एकलौटी गरेपछि उनका समर्थकहरु न्यून भएका छन् भने प्रहरी सँगठन जस्तो मर्यादित सँगठनबाट एसएसपी रहिसकेका साहलाई विदेहनगवासीले समर्थन जनाएपछि उनी चुनावी मैदानमा आएका हुन् ।
विदेह नगरपालिकाको वर्तमान अवस्था र चुनावी माहौलको बारेमा युवा अभियन्ता रजनिश साहले पूर्व एसएसपी गोविन्द साहल चुनाव जित्ने दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…