कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले मेयरमा गराए मनोयन दर्ता
नेपाली काँग्रेसको बलियो पक्कड रहेको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७९ बैशाख १२ सोमबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको मेयरको लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष पशुपति यादवले मनोयन दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट कमला नगरपालिकामा विगतको चुनावमा हारेका यादवले पुनः मेयर पदमा उम्मेदवारी दिएका हुन् ।
कमला नगरपालिकामा जसपाको सँगठन वडा नं. १ र २ मा मध्यम मानिन्छन् भने अन्य वडाहरुमा जसपाको सँगठन कमजोर मानिन्छन् ।
नेपाली काँग्रेसको बलियो पक्कड रहेको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्ष यादवले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…