धनुषाधाम नगरपालिकामा काँग्रेसबाट निवर्तमान मेयर मण्डल उपमेयरमा भुजेलले दर्ता गराए उम्मेदवारी
गत चुनावमा काँग्रेसबाटै निर्वाचित भएकी भुजेल यसपाली पनि धनुषाधामको लागि उपमेयरमा उम्मेदवारी दिएकी छन् ।

२०७९ बैशाख १२ सोमबार, दिउँसो ४:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको निवर्तमान नगर प्रमुख बालेश्वर मण्डलले पुनः नगर प्रमुखको लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषाधामस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नगर प्रमुखको लागि बालेश्वर मण्डल र उपमेयरको लागि विद्या देवी भूजेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
गत वि.सं. २०७४ सालको चुनावमा नेपाली काँग्रेसबाटै निर्वाचित भएका मण्डलले दोस्रो पटक पुनः मेयरको लागि मनोयन दर्ता गराएका हुन् ।
यस्तै, धनुषाधाम नगरपालिकाकी निवर्तमान उपमेयर विद्या देवी भुजेलले पनि पुनः नेपाली काँग्रेसबाटै उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी हुन् । गत चुनावमा काँग्रेसबाटै निर्वाचित भएकी भुजेल यसपाली पनि धनुषाधामको लागि उपमेयरमा उम्मेदवारी दिएकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…