ओलीको गुण गाउँदै नथाकेका एनजिओकर्मी 'झा' मेयरको टिकट लोभमा माओवादीको शरणमा
तर, एमालेले टिकट नदिएपछि माओवादीको शरण पुगेका छन् ।

२०७९ बैशाख १२ सोमबार, दिउँसो १:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण गाउँदै नथाकेका एनजिओकर्मी कुन्दन झा टिकटको लोभमा पार्टी बदलेका छन् ।
एमालेको युवा सँगठन युवासंघ महोत्तरीका इञ्चार्ज कुन्दन झाले एमाले परित्याग गरी माओवादी प्रवेश गरेका छन् । आश्वासन दिएर एमालेले मेयरको टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका हुन्।
माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले उनलाई पार्टी प्रवेश गराएका हुन्।
माओवादीले मनरा सिसवा नगरपालिकाबाट उनलाई मेयरको टिकट दिने जनाएको छ। सर्वसम्मतिले उनलाई मेयरको टिकट दिने निर्णय भएको नेता शर्माले जानकारी दिए।
झा एमालेको युवा संघमा केन्द्रीय सचिवालय सदस्य समेत थिए। नेकपा फुटभएपछि उनी एमालेमा जाँदै ओलीको गुणगानमा व्यस्त थिए । तर, एमालेले टिकट नदिएपछि माओवादीको शरण पुगेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…