धनौजी गाउँपालिकामा दुई दलको मात्र उम्मेदवारी, अन्यहरुले आज मनोयन गर्ने
अहिलेसम्म जनमत पार्टी र लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) ले मात्र उम्मेदवारको टुंगो लगाउन सकेका छन्। जनमत पार्टीबाट गाउँपालिका अध्यक्ष जासिम खान, वडा अध्यक्ष संजिप साह गरि उम्मेदवार बनाउने टुंगो लगाएको छ।

२०७९ बैशाख १२ सोमबार, बिहान ११:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा अहिलेसम्म दुई पार्टीले मात्र मनोयन दर्ता गराएको छ ।
आईतबार पहिलो दिन मनोयन दर्ताको क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट जीवेन्द्र झासहित उनका प्यानलले उम्मेदवारी दिएका छन् ।
मनोयन दर्ताको आज अन्तिम दिन निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिनेहरुको आज भीडभाड हुने भएको छ । आईतबार जनमत पार्टीले पनि मनोयन दर्ता गराएको हो ।
धनौजी गाउँपालिका स्थानीय तह निर्वाचनका लागि आकांक्षीहरुको उम्मेदवारीहरु दर्ताको लागि सोमबार अधिक भीड हुने भएको छ ।
अहिलेसम्म जनमत पार्टी र लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) ले मात्र उम्मेदवारको टुंगो लगाउन सकेका छन्। जनमत पार्टीबाट गाउँपालिका अध्यक्ष जासिम खान, वडा अध्यक्ष संजिप साह गरि उम्मेदवार बनाउने टुंगो लगाएको छ।
यस्तै, नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्ष रामनरायन यदव र नेकपा एमालेबाट रामबाबू साहले उम्मेदवारी दिने घोषणा गरेका छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…