धनुषाधाम नगरपालिकाको मेयरमा पुनः मण्डल र उपमेयरमा भुजेलले पाए टिकट
दुवै जना सोमबार (आज) निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराउने तयारी रहेको छ । मेयर मण्डल र उपमेयर भुजेलेको लागि कडा प्रतिष्पर्धी उम्मेदबार देखिएका छैनन् ।

२०७९ बैशाख १२ सोमबार, बिहान ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको निवर्तमान नगर प्रमुख बालेश्वर मण्डलले पुनः नगर प्रमुखको लागि नेपाली काँग्रेसबाट टिकट पाएका छन् ।
नेपाली काँग्रेसको टिकट वितरण समिति मण्डललाई आईतबार नै मेयरको टिकटको लागि सिफारिस सहित टिकट समेत प्रदान गरेको हो ।
गत वि.सं. २०७४ सालको चुनावमा नेपाली काँग्रेसबाटै निर्वाचित भएका मण्डलले दोस्रो पटक पुनः मेयरको टिकट पाएका हुन् ।
यस्तै, धनुषाधाम नगरपालिकाकी निवर्तमान उपमेयर विद्या देवी भुजेलले पनि पुनः नेपाली काँग्रेसबाटै उपमेयरको लागि टिकट पाएकी हुन् । गत चुनावमा काँग्रेसबाटै निर्वाचित भएकी भुजेल यसपाली पनि धनुषाधामको लागि उपमेयरमा उठने पक्का भएको छ ।
दुवै जना सोमबार (आज) निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोयन दर्ता गराउने तयारी रहेको छ । मेयर मण्डल र उपमेयर भुजेलेको लागि कडा प्रतिष्पर्धी उम्मेदबार देखिएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…