धनुषाधाम नगरपालिकाको लागि मेयरमा जसपाबाट यादवले पाए टिकट
यसअघि जसपाबाट ज्ञान यादव र सँजीव यादवको नामको लागि पार्टी कार्यालय तनावग्रस्त भएपनि अन्ततः विनोद भर्खेर (यादव) लाई टिकट दिएको हो ।

२०७९ बैशाख ११ आइतबार, बिहान ९:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको मेयरको उम्मेदवारको लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले विनोद यादवलाई टिकट दिएको छ ।
गए अबेरातीसम्म भएको छलफलपछि यादवलाई धनुषाधाम नगरपालिकाको लागि टिकट प्रदान गरेको यादवले न्यूज ब्यूरोलाई जानकारी दिए ।
यसअघि जसपाबाट ज्ञान यादव र सँजीव यादवको नामको लागि पार्टी कार्यालय तनावग्रस्त भएपनि अन्ततः विनोद भर्खेर (यादव) लाई टिकट दिएको हो ।
जनता समाजवादी पार्टी नेपालको लागि धनुषाधाम नगरपालिका क्षेत्रभित्र यादवको बलियो पक्कड मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…