जनकपुरमा सेवक बन्न मेयरमा स्वतन्त्र उम्मेदवारी दिन्छुः साह
जनकपुरधामको मेयरका लागि एक दर्जन भन्दा बढी आकांक्षी रहेका छन् ।

२०७९ बैशाख ११ आइतबार, बिहान ६:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कुनै बेला समाजसेवक कार्यहरुमा अधिक देखिने जनकपुरका सँचारउद्यमी बैद्यनाथ साहले जनकपुरको सेवक बन्नको लागि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार जनकपुरधाममा गरेको पत्रकार सम्मेलनको क्रममा साहले जनकपुरधामवासीको सेवाको लागि मेयर भएर सेवा गर्न चाहेको बताए । सँचार उद्यमी समेत रहेका साहले विभिन्न समयमा समाजसेवाका कार्यहरुमा तल्लिन रहँदै आएका छन् ।
सञ्चार उद्यमी साहले आफु १५ वर्षदेखि नगरमा सरसफाईको काम गर्दै आएको भन्दै उनले काठमाडौँ पछि जनकपुरधामलाई दोस्रो पर्यटकीय स्थल बनाउन सकिने बताए । उनले आफु जिते यहाँ रहेको विभिन्न पोखरी, मठमन्दिरलाई सौन्दर्यकरण गर्ने बताए ।
बेरोजगारीको अवस्था समेत रहेकाले युवाहरुलाई यहाँ नै रोजगारी दिने वातावरण निर्माण गर्ने दावी गरे ।
जनकपुरधाममा केबल तथा स्थानीय टिभी सञ्चालन गर्दै आएका साहले आफु सेवक बन्नका लागि उम्मेदवारी दिन लागेको र नजितेपनि आफु सेवक नै भएर यहँ निरन्तर काम गर्ने उनले बताए ।
यस अघि जनकपुरधामको मेयरका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसको नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रुपमा मेयरका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
जनकपुरधामको मेयरका लागि एक दर्जन भन्दा बढी आकांक्षी रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…