जनकपुरः धनुषाधाममा नेपालकै पहिलो 'नक्षत्र वाटिका' स्थापना
आयोजक वन निर्देशनालय र डि।व।का।धनुषा,मिथिला वाइल्ड लाइफ ट्रस्ट ऐंड जनकपुर धाम फारेस्ट सोसायटी सह आयोजक रहेको सो कार्यक्रममा बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

२०७९ बैशाख १० शनिबार, दिउँसो १:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरस्थित नेपालकै पहिलो नक्षत्र वाटिकाको स्थापना गरिएको छ ।
नेपाल भारत श्रीलंका र बेलायती बिशिष्ट व्यक्तिहरुको उपस्थितीमा धनुषाधाम संरक्षित वनमा नक्षत्र बाटिकाको स्थापना गरिएको हो ।
शनिबार बर पिपल र कनेरको विरुवा रोपण गरी मधेस प्रदेशको उधोग पर्यटन तथा वन मन्त्री माननीय शत्रुधन महतोले उदघाटन गरेका छन् ।
ज्योतिष शास्त्र अनुसार २७ नक्षत्र अनुकुलका केरा,अमला, खुल्ला, जामुन, खयर, शिशौ, बांस, पिपल, चंपा, बर, पलाओस, कनेर, चमेली, बेल, अर्जुना, कैथ, भलसरी, सिमल, साल, बेंत, कटहर, आकलन, शनी, कदम, आंप, नीम, महुवाका १–१ वटा गरी २७ गोटा विरुवाहरु रोपण गरिएको छ ।
यसैगरी नवग्रह अनुकूलका सरिफा, रुद्राक्ष र तुलसीको पनि केही विरुवाहरु रोपिएको छ । बांकी केही विरुवाहरु क्रमशः थपिँदै जानेछ । यी विरुवाहरु रोपण गर्दा गलत दिशामा रोपण गरे त्यसको नकारात्मक असर पर्ने भएकाले बिशेष अध्ययन र मिहिनेत गरेर रोपिएको छ ।

आयोजक वन निर्देशनालय र डि।व।का।धनुषा,मिथिला वाइल्ड लाइफ ट्रस्ट ऐंड जनकपुर धाम फारेस्ट सोसायटी सह आयोजक रहेको सो कार्यक्रममा बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
धनुषा र महोत्तरीको डी एफ ओ द्वय सुनील कर्ण, बिनोद सिंह , जनकपुरधाम वन प्राबिधिक समाजको अध्यक्ष राम स्वार्थ साह, सदस्य हरी मंडल, देवशरण यादव,ऐतिहासिक दुधमती संरक्षण अभियान का अभियन्ताहरु सुदीप मण्डल रामडुलर साह, मित्र राष्ट्र श्रीलंकाका स्माल कैट एडवोकेसी एंड रिसर्च का विजिटर्स आशान तुडूगाला र भारतका संचारकर्मी र पर्यावरण अभियंता राजेश कुमार शर्मा बेलायती संस्था पेपल ट्री आर्गेनाईजेशन का वालंटियर्स मिस्टर डेनियल ऐंड जॉर्ज त्यसैगरी अफो मनीराम यादव,बेचू मिश्रा रेन्जर शिवशंकर झा नागेश्वर यादव को अतिरिक्त डि.व.का. धनुषा र महोत्तरीको वन कर्मचारीहरु र धनुषाधाम सब डिभीजन वन कार्यालयका कर्मचारीहरु, धनुषाधाम संरक्षित वनका पदाधिकारीहरु र स्थानीय को उपस्थितीमा सो बृक्षारोपण गरीएको छ ।

धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा बैज्ञानिक महत्व रहेको यो बाटिका बिभिन्न अध्ययन अनुसन्धानको लागि महत्वपूर्ण हुने विश्वास छ ।
सो नक्षत्र वाटिकाको लागि मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष एवम् पर्यावरण अभियानी देव नारायण मण्डलप्रति पर्यावरण अभियानी सुरेश शर्माले आभार प्रकट गरे ।
शर्माले भने, “यसको स्थापना गर्नु बिगत लामो समय देखिको अभिलाषा यस पृथ्वी दिवस जस्तो गौरवशाली समयमा पूर्ण भएको हुँदा मेरो लागि अबिस्मरणीय छ ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…