अध्यक्षको लागि टिकट नपाएको झोंकमा माओवादी नेता कुटिए
यस विषयमा जानकारी लिन खोज्दा सहसचिव जैसीसँग सम्पर्क हुन सकेन।

२०७९ बैशाख ९ शुक्रबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफूले टिकट नपाएको झोकमा एक अध्यक्ष प्रत्यासीले माओवादी नेतालाई कुटेका छन्।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी कुटिएका हुन्।
हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षका लागि गोला प्रथाबाट उम्मेदवार छनोट गरेपछि मनमुटाव भएको थियो।
गाउँपालिकामा आठ जना अध्यक्षको आकांक्षा राखेको तर, पार्टीका कर्णाली प्रदेशका सहसचिव जैसीले अरुको वास्ता नै नगरी एकलौटी रुपमा गोविन्द शाही र सुरविर एडी दुई जनाबीच गोलाप्रथा गरेपछि लफडा मच्चिएको हो।
लफडा ठूलो रुप लिएपछि अध्यक्षका आकांक्षी धुव्रबहादुर शाहीले माओवादीका प्रदेश नेता जैसीलाई कुटेका स्थानीय माओवादी नेताहरुले बताउँछन्।
गोलाप्रथाबाट गोविन्दबहादुर शाहीलाई गाउँपालिका अध्यक्षमा छनोट गरिएको थियो। आठ जना आकांक्षी हुँदाहुँदै एक रुपमा जैसीले उम्मेदवार छनोट गरिएकोमा माओवादी नेता कार्यकर्ताहरुले विरोध गरेका छन्।
यस विषयमा जानकारी लिन खोज्दा सहसचिव जैसीसँग सम्पर्क हुन सकेन। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी अधिकारीले आफूहरुलाई घटनाको बारेमा कसैले जानकारी नदिएको जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…