लोसपा छाडेर तमलोपामा जनकपुरका साह
वडाध्यक्ष साहले लोसपाभित्र जिल्लास्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताए ।

२०७९ बैशाख ९ शुक्रबार, बेलुकी ५:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का तत्कालिन वडाध्यक्ष दीपेन्द्र साह लोसपा छाडेर तमलोपामा प्रवेश गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा तत्कालिन राजपाबाट विजयी भएका साह अर्को चुनाव नजिकिदै जाँदा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेतासमेत रहेका वडाध्यक्ष साह शुक्रबार औपचारिक रुपमै लोसपा परित्याग गरी तमलोपाको सदस्यता लिएका हुन् ।
वडाध्यक्ष साहले लोसपाभित्र जिल्लास्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताए ।
अन्य पार्टीहरुमा पनि यस्तै रबैया रहेको बताउँदै उनले लोसपामा अधिक समस्या रहेको बताउँदै उनले पुनः तमलोपामा प्रवेश गरेको बताए ।
उनले वि.सं. २०६३ सालमा तमलोपाका अध्यष वृषेशचन्द्र लालबाटै राजनीतिमा कदम राखेको जनाउँदै आज पनि उनकै हातबाट तमलोपाको सदस्यता लिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…