धनुषाको शहिदनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
जसमा मुख्य निर्वाचन अधिकृत खरेल सहित सहायक निर्वाचन अधिकृत नगरपालिकाका कार्यालय प्रमुख रामकिशोर महतो, लेखापाल लोकबहादुर नेपाली सहितका अन्य कर्मचारीहरुले निर्वाचन कार्यालयमा काम गर्ने बताइएको छ ।

२०७९ बैशाख ८ बिहीबार, दिउँसो २:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय तह निर्वाचनका लागि धनुषाको शहिदनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
शहिदनगर नगरपालिका सँचालन हुँदै आएको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । विहिबार दिउँसो कार्यालयको स्थापना गरिएको हो ।
धनुषा जिल्लाको १८ वटा स्थानीय तहमध्ये शहिदनगरमा विहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । आगामी बैशाख ३० गते तोकिएको निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारले खटाए बमोजिम अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत उत्तम प्रसाद खरेलले जानकारी दिए ।
शहिदनगरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा अहिले ८ जना कर्मचारी काम गर्ने खरेलले जानकारी दिए ।
जसमा मुख्य निर्वाचन अधिकृत खरेल सहित सहायक निर्वाचन अधिकृत नगरपालिकाका कार्यालय प्रमुख रामकिशोर महतो, लेखापाल लोकबहादुर नेपाली सहितका अन्य कर्मचारीहरुले निर्वाचन कार्यालयमा काम गर्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…