SEE परीक्षा मर्यादित बनाउन ४७ बुँदे नियम जारी
१३. परीक्षाको अघिल्लो दिन परीक्षा केन्द्रका कर्मचारीहरुले पालना गर्नेपर्ने कर्तव्य र दायित्व सम्बन्धी जानकारी केन्द्रध्यक्षले दिने । १४. पहिलो दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट आगाडी परीक्षार्थीहरुले आ–आफ्नो सिटमा बस्नुपर्ने लगायतको रहेका छन् ।

२०७९ बैशाख ८ बिहीबार, बिहान ९:५५ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसइइ), २०७८ सञ्चालन तथा व्यवस्थापनका लागि केन्द्राध्यक्षहरूसँगको १ दिने अभिमुखीकरण कार्यक्रम ४७ बुदें आचारसंहिता जारी गर्दै सम्पन्न भएको छ ।
२०७८ सालको कक्षा १० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) लाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय, र भय रहित बातावरणमा सुसम्पन्न गर्न आचारसंहिता जारी गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा भएको केन्द्राध्यक्षसँगको १ दिने अभिमुखीकरणमा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको इकाइ कार्यालयले बताए ।
कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो ।
यही २०७९ बैशाख ०९ गतेदेखि २० गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइइ०मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन ।
जसमध्ये ५३३८ जना छात्रा र ५०८३ जना छात्र रहेका छन । जसमा नियमित तर्फ १० हजार ३०१ र ग्रेडवृद्धि तर्फ १२० जना रहेका छन ।
जिल्लाका ९५ सामुदायिक र ४३ संस्थागत गरि जम्मा १३८ माध्यमिक विधालयका विधार्थीहरू परीक्षामा सहभागी हुँदैछ । जसमध्ये प्राविधिकधार तर्फका ३०९, खुला विधालयका ५५ र गृहणी विधालयका १८ जना विधार्थीहरू रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले जानकारी दिए । उनले यस वर्ष पनि दृष्ट्रिविहिन विद्यार्थी परीक्षामा सहभागी हुने बताए ।
कुशवाहाका अनुसार जिल्ला परीक्षा समन्वय समितिबाट केन्द्राध्यक्ष तोकिएको र केन्द्राध्यक्षको यस अभिमुखीकरणले एसइइ परीक्षा सञ्चालन व्यवस्थापन र सम्पादनमा ठूलो सहयोग पुग्ने बताए । उनले अभिमुखीकरणबाट परीक्षा सञ्चालन, व्यवस्थापन र सम्पादनमा सहजता हुने अपेक्षा राखे ।
परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका जिल्लामा आइसकेको र बैशाख ८ गते भित्र सबै केन्द्रमा पुर्याइ सकिने कुशवाहाले बताए । जिल्लामा ३६ वटा परीक्षा केन्द्र रहेका छन भने प्राविधिक धारको परीक्षा सदरमुकाममा रहेको श्रीमती कृष्णादेवी माविबाट मात्र संचालन हुनेछ बताइएको छ ।
विगतको वर्ष झै यस वर्ष पनि परीक्षा केन्द्र रहेको सम्बन्धित विधालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षमा नियुक्ति गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष गरि जम्मा ३६ जना केन्द्राध्यक्ष, विधार्थी संख्याको आधारमा ७३ जना सहायक केन्द्राध्यक्ष, ५२२ जना निरीक्षक, १०३ जना परीक्षा सहायक , २१० जना विधालय सहभागी र प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी खटिनेछ ।
शिक्षा तथा समन्वय इकाइ सर्लाहीले जारी गरेको ४७ बुँदे आचारसंहिता यस प्रकारका छन ।
१. माध्यमिक शिक्षा उतीर्ण (एस.एल.सी.) परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधन सहित) ले व्यवस्था गरे अनुसार हुने गरी सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षा लगायतको सम्पूर्ण व्यवस्था मिलाउने ।
२. कोभिड–१९ को प्रभावलाई मध्यनजर राखी परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आवश्यक व्यवस्था मिलाउने ।
३. परीक्षा सुरु हुनुभन्दा कम्तीमा ४५ मिनेट अगाडि नै सिट प्लानको सूचना कोठाबाहिर टाँस गर्न लगाउने ।
४. परीक्षा सुरु हुनुभन्दा ३० मिनेट अगाडि परीक्षा कोठाहरु खोल्ने व्यवस्था मिलाउने ।
५. कोठामा पस्नुभन्दा अगाडि परीक्षार्थीलाई प्रतिबन्धित कागजात (चिट, गाइड, किताब, नोटबुक, मोबाइल) तथा अवाञ्छित बस्तुभए अनिवार्य रुपमा बुझाउन लगाउने ।
६. परीक्षा कार्यक्रम अनुसार सिलबन्दी प्रश्नपत्रको प्याकेट प्रहरी कार्यालय वा प्रहरी चौकीबाट विषय र परीक्षा मितिसमेत एकिन गरी प्रहरी सुरक्षासाथ परीक्षा केन्द्रमा परीक्षा सुरु हुनुभन्दा १ घण्टा अगावै लैजाने व्यवस्था मिलाउने ।
७. परीक्षा सुरु हुने समय भन्दा ३० मिनेट अगाडि गोपनीयता भङ्ग नहुने गरी सहायक केन्द्राध्यक्ष र निरीक्षक, सुरक्षा निकायमा प्रतिनिधि लगायत कम्तीमा ५ जनाको रोहवरमा सिलबन्दी यथावत रहेको जाँची हस्ताक्षर गराई प्रश्नपत्रको प्याकेट खोल्न लगाउने ।
८. प्रश्नपत्र नपुग हुने देखिएमा जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइलाई जानकारी गराई विद्यालय परिसर भित्र सुरक्षित रुपमा तत्काल फोटोकपी गर्ने त्यसका लागि विद्यालयमा फोटोकपी मेसिन र प्रिन्टरको आवश्यक व्यवस्था मिलाई राख्ने ।
९. कुनै विषयको परीक्षार्थी भएको तर प्रश्नपत्रको प्याकेट नभएको अवस्थामा सर्वप्रथम शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास निर्देशनालय र परीक्षा नियन्त्रण कार्यालय,कक्षा १० मा सम्पर्क राख्ने, सो सम्भव नभए स्थानीय विषय शिक्षकबाट तत्काल प्रश्न बनाउन लगाई परीक्षा लिने र १।१ प्रति प्रश्नपत्र शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास निर्देशनालय, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० र सम्बन्धित उत्तरपुस्तिकाको पोकोमा अनिवार्य रुपमा राखी पठाउने ।
१०. प्रश्नपत्रको सिलबन्दी प्याकेट खोलिएको संख्या जायज नठहरिएमा स्थानीय विषय शिक्षकबाट छुटै प्रश्नपत्र निर्माण गराइ परीक्षा सञ्चालन गर्ने र सर्वप्रथम शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षा विकास निर्देशनालय र परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरमा जानकारी गराई १।१ प्रति प्रश्नपत्र उत्तरपुस्तिका पोकामा राख्ने ।
११. परीक्षाको समयावधि प्रश्नपत्रमा लेखिएअनुसार हुने गरी परीक्षा सञ्चालन गर्ने ।
१२. परीक्षार्थीहरुको नामथर, जन्ममिति लगायतका विवरण भएको मेमो, कन्ट्रोल लिष्ट संशोधन गर्नुपर्ने भएमा परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुरमा पठाउने ।
१३. परीक्षाको अघिल्लो दिन परीक्षा केन्द्रका कर्मचारीहरुले पालना गर्नेपर्ने कर्तव्य र दायित्व सम्बन्धी जानकारी केन्द्रध्यक्षले दिने । १४. पहिलो दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट आगाडी परीक्षार्थीहरुले आ–आफ्नो सिटमा बस्नुपर्ने लगायतको रहेका छन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…