विदेहनगरवासीको दबाबले मेयरमा लडदैछुः नेता साह
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट उनले मेयरको प्रत्यासी बन्ने विचार प्रष्टयाएका छन् । यसअघि उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश साँसदमा उम्मेदवारी दिने मनसाय बनाएका थिए ।

२०७९ बैशाख ८ बिहीबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका केन्द्रीय सदस्य नेता सँजय कुमार साह धनुषाको विदेह नगरपालिकाको मेयरको लागि चुनाव लडने घोषणा गरेका छन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरको अति निकट मानिएका नेता साहलाई विदेह नगरका सर्वसाधारणहरुले वर्तमान मेयरबाट आजित भएको भन्दै उनलाई मेयरको कमान सम्हाल्न दबाब दिएपछि मेयरमा चुनाव लडने घोषणा गरेका हुन् ।
विदेह नगरपालिकाको वडा नं. १ ठाढी स्थायी निवासी रहेका नेता साहको सो नगरपालिकामा सँगाठनीक र व्यक्तिगत पक्कड पनि बलियो मानिन्छ ।
कोभिड–१९ को महामारीको समयमा नेता साहले आफ्नो गाउँसहित विदेह नगरपालिकाको विभिन्न वस्तीमा पुगेर गरिब, निमुखा, भोकाहरुलाई खाना खुवाएपछि उनको व्यक्तिगत पक्कड बलियो मानिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट उनले मेयरको प्रत्यासी बन्ने विचार प्रष्टयाएका छन् । यसअघि उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश साँसदमा उम्मेदवारी दिने मनसाय बनाएका थिए ।
वर्तमान राजनीतिक सेरोफेरोलाई दृष्टिगत गरी नेता साहले अन्ततः विदेह नगरपालिकाको मेयरको लागि चुनाव लडने पक्कापक्की गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…