जालीम मियाँले बुझाए सरकारी गाडी
सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।

२०७९ बैशाख ६ मंगलबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले प्रयोग गर्दै आएको गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।
अध्यक्ष मियाँले प्रयोग गर्दै आएको बा २ झ ४२४४ नम्बरको हायलक्स गाडी गाउँपालिका कार्यालयलाई फिर्ता गरेका हुन् ।
मंगलबार विहान मियाँले गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत एवम् जिन्सी शाखा प्रमुख उत्तम सिंहलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।
आफुले नैतिकताको आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीको दुरुपयोग नहोस भन्ने उद्देश्यले गाडी बुझाएको अध्यक्ष मियाँले वताए ।
यस अघि सोमबार बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका थिए । साहले प्रयोग गर्दै आएको ना। १ झा १६६१ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन् ।
सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।
आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने साह पर्सा जिल्लाका पहिलो जनप्रतिनिधि हुन् । उनि पछि दोस्रो नम्बरमा जगरनाथपुर गाउँपालिका अध्यक्ष मियाँले गाडी फिर्ता गरेका हुन् ।
तर अझै पनि जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुखिले प्रयोग गर्दै आएको पालिकाको गाडी बुझाउन बाकी रहेको छ ।
यात्राडेलीले यस विषयमा सोमबार समाचार लेखेपछि जनप्रतिनिधिहरुले गाडी फिर्ता गर्न लागेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…