बलात्कार प्रकरण - सँसद बैठक छाडेर पीडितको घरमा साँसद "अरगरिया"
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । प्रदेश नं. २ धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतीनीधि सभा सदस्य उमा शँकर अरगरिया ले आफ्नो सँसद बैठक छाडेर पीडितको घरमा पुगेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा गत १४ गते भएको बालिका बलात्कार घटनाको खवर पाएलगत्तै अरगरिया सँसद बैठक छाडेर पीडित

२०७४ चैत १७ शनिबार, राति १०:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १७ चैत्त । प्रदेश नं. २ धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतीनीधि सभा सदस्य उमा शँकर अरगरियाले आफ्नो सँसद बैठक छाडेर पीडितको घरमा पुगेका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा गत १४ गते भएको बालिका बलात्कार घटनाको खवर पाएलगत्तै अरगरिया सँसद बैठक छाडेर पीडित बालिकाको घरमा पुगी घटनाको विस्तृत जानकारी लिदै दोषीलाई शिघ्र कारवाहीको प्रतिवद्धता जनाए ।
पैतृक गाउँ धनुषाको नाथपट्टी विसरभोरा रहेको अरगरियाले आफ्नै छिमेकमा यस्ता संवेदनशिल घटना भएको खवर पाएलगत्ते सँसद बैठकबाट उठेर सिधा गाउँ पुगी पीडित परिवारसँग भेटका छन् ।
अरगरियासँगै त्यसै क्षेत्र नं. २ क कै बिधायक शैलेन्द्र कुमार यादव समेत पीडित समक्ष पुगेर घटनाको जानकारी लिँदै दोषीलाई कडा भन्दा कडा सजाय हुने आश्वासन दिएका छन् ।
"दोषी जो कोहि होस् , उम्कन पाउदैन , फरार भएकाहरुलाई गाउँले चिनिरहेका छन्, तस्विर प्रहरीमा गईसकेका छन्, कति दिनसम्म भाग्लान र ? दोषी पहिचान भएकै अवस्था छ भने कहाँ सम्म जालान ? उनीहरु दोषी हुन , जसरी पनि बक्सिने छैन । मेरो क्षेत्र भित्र यस्तो घटना भएको छ , मलाई भोट दिएको हो, गाउँको नेता हो भनेर कृपावाद खोज्ने व्यक्ति होईन म, ठाउँ को ठाउँ एक्सन लिने मान्छे हो म , यस्तो घटनामा संलग्न अपराधी लाई छोड्ने कुनै अप्सन नै छैन ।" पीडित परिवारसँग अरगरियाले भने ।
दोषी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषा , जिल्ला प्रहरी कार्यालय सिरहा ईलाका प्रहरी कार्यालय यदुकोहा , ईलाका प्रहरी कार्यालय सबैला , ईलाका प्रहरी कार्यालय खजुरी शस्त्र बल बेस क्याम्प दुबरकोट लगायत अन्तर्गत पर्ने सबै प्रहरी चौकीहरु लाई समेत आग्रह गरेको भन्दै जुनसुकै अबस्थामा पनि दोषी उम्कन नपाउने प्रतिबद्धता अरगरियाले पीडितसंग जाहेर गरेका छन् ।
"उमाशंकर अरगरिया चुप लागेर बस्ने भए आज सँसद भवनको बैठक छाडेर आउने मान्छे थिएन, तर सँसद भवनको बैठकभन्दा पनि स्थानीय प्रजाको पीडा प्राथमिकतामा छ मेरो, त्यतिकै छाडदैन, दोषीलाई दायरामा ल्याएरै दम लिनेछु ।" उनले पीडित परिवारसँग भने ।
प्रहरीको टोलि अपराधी खोजबिन गर्न सक्रियता बढाएको भन्दै अपराधी शिघ्र कानुनको दायरामा आउने बताए ।
गत बुधबार १४ गतेका राति करिब ११ बजे शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा आमा बाबु घरमा नभएको मौका छोपी स्थानीय धनिक लाल नरसरियाको छोरा अन्दाजी बर्ष ३२ का भुट्टाइ भन्ने मनोज नरसरिया र राम जतन बिराजीका अन्दाजी ३० बर्ष छोरा दिपेश बिराजीले ती बालिकालाई घरबाट मुख बाधेर गाउबाट पर लगि सामुहिक बलात्कार गरेको हो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…