नेपाली स्टुडेन्टस एसोसिएसन बँगलादेश" मा जनकपुरका "साह"
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । बँगलादेशमा नेपाली विद्यार्थीहरुको सँगठन नेपाल स्टुडेन्टस एशोसिएशन बंगलादेशको नयाँ कार्य समिति चयन गरिएको छ । एशोसिएशनको पहिलो सभाबाट १५ सदस्यीय नयाँ केन्द्रिय कर्यसमिती चयन गरिएको जनाइएको छ । बंगलादेशमा विभिन्न कलेजहरुमा अध्ययन रहेका नेपाली विद्यार्थीहरुछाता सँग

२०७४ चैत १७ शनिबार, राति ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १७ चैत्त । बँगलादेशमा नेपाली विद्यार्थीहरुको सँगठन नेपाल स्टुडेन्टस एशोसिएशन बंगलादेशको नयाँ कार्य समिति चयन गरिएको छ ।
एशोसिएशनको पहिलो सभाबाट १५ सदस्यीय नयाँ केन्द्रिय कर्यसमिती चयन गरिएको जनाइएको छ ।
बंगलादेशमा विभिन्न कलेजहरुमा अध्ययन रहेका नेपाली विद्यार्थीहरुछाता सँगठनको रुपमा रहेको उक्त एसोसिएसनको पहिलो साधारण सभा सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरिएको हो ।
विद्यार्थीहरुको हकअधिकार प्रति समर्पित संगठनको पहिलो साधारण सभा राजधानी ढाकामा सम्पन्न गरिएको हो ।
नव कार्य समितिको अध्यक्षमा जनकपुरका डा. राजु साहलाई सर्वसहमतिले चयन गरिएको छ भने उपाध्यक्षमा धिरज यादव, महासचिवमा वीरेन्द्र कुमार साह, सचिवमा सीमा खत्री तथा कोषाध्यक्षमा कुना सिँह राजपुतलाई सर्वसहमतिमै चयन गरिएको हो ।

एशोसिएशनको प्रवक्तामा भने भेषराज पोखरेल रहेका छन् भने राजधानी ढाका डिविजनको लागि निकीता कोईरालाको सँयोकत्व स्वीकार गरिएको छ ।
यस्तै, राजशाही डिभिजन संयोजकमा राकेश प्रधान, रंगपुर डिभिजन संयोजकमा नीति लामिछाने, चिटागंज डिभिजन संयोजकमा निरज साह रहेको छ भने बोर्ड सदस्यहरुमा शिवानी थापा, राजेश्वोरी भगत, किरण सिंह, नितिश यादव र रिशु गुप्ता रहेका छन् ।
कोईरालाको अध्यक्षतामा ढाका डिविजन कार्य समिति
कार्यक्रमको दौरान, ढाका सँयोजकको जिम्मेवारी सम्हालेकी निकिता कोईरालाकै अध्यक्षतामा ९ सदस्यीय ढाका डिभिजन कार्य समिति समेत चयन गरिएको छ ।

उक्त समितिको उपाध्यक्षमा नरेश सिंह र रोशन मण्डल महा-सचिवमा अजय शाह, सचिवमा प्रमिशा केशी, कोषाध्यक्षमा हिमिशा शेखर प्रवक्तामा अवजित यादव रहेको छ भने महिला प्रतिनिधिमा गिरिमा सुवेदी र निश्मा सुवेदीलाई चयन गरिएको छ ।
डा। निरज यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको सुरुवातिमा केहि दिन अगाडी युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका नेपाली विद्यार्थी तथा यात्रुहरु प्रति १ मिनेट मौन धारण गरि अगाडी बढाईएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष डा राजु साह द्वारा सम्पूर्ण नया पद अधिकारी लाई सुभकामना दिनु भाको थियो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…