संघीयताको पक्कड बनाउन माओवादी केन्द्र जीताउनैपर्छः नेता यादव
सबैला नगरपालिकाको माओवादी केन्द्रका नगर अध्यक्ष धनश्याम नायकको अध्यक्षता तथा पूर्वराज्यमन्त्री यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यकर्ता भेलाको क्रममा नेता यादवले सबैलामा भ्रष्टाचार मौलाएको भन्दै अब माओवादी केन्द्रको स्थानीय सरकारले भ्रष्टाचार निर्मूल गर्ने दाबी गरे ।

२०७९ बैशाख २ शुक्रबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता रामसिँह यादवले देशमा स्थापित संघीयतालाई झन बलियो बनाउन माओवादी केन्द्र जीताउनुपर्ने बताएका छन् ।
विहिबार धनुषाको सबैला नगरपालिकास्थित रामसिँग गुटले आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला, नयाँ वर्ष तथा जुडशितलको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता यादवले संघीयताको मूलमर्मलाई सँस्थागत गर्नको लागि आगामी स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई जीताउनुपर्ने बताए ।
सबैला नगरपालिकामा माओवादी केन्द्रको दुई अध्यक्ष रहेकोमा पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका पार्टीका केन्द्रीय सदस्य रामसिँह यादवले कार्यकर्ताहरुसँग भेला राखी नयाँ बर्ष, जुडशितलको शुभकामना आदान प्रदान समेत गरे ।
सबैला नगरपालिकाको माओवादी केन्द्रका नगर अध्यक्ष धनश्याम नायकको अध्यक्षता तथा पूर्वराज्यमन्त्री यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यकर्ता भेलाको क्रममा नेता यादवले सबैलामा भ्रष्टाचार मौलाएको भन्दै अब माओवादी केन्द्रको स्थानीय सरकारले भ्रष्टाचार निर्मूल गर्ने दाबी गरे ।
कार्यक्रममा प्रदेश कमिटि सदस्य शिव कुमार कापर, जिल्ला कमिटि सदस्य श्रीनारायण ठाकुर, जिल्ला कमिटि सदस्य फूल सिँह यादव, नगरस्तरिय नेता विन्देश्वर कापरले आ आफ्नो मनतव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…