घुस बापत ब्लैँक चेक लिने मधेश प्रदेशका यी ओभरसियरको भिडियो लीक !
आईतबार समाजिक संजालमा सो नगरपालिकाका कर्मचारीले घुस लिएको र बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएको थियो ।

२०७८ चैत २८ सोमबार, बिहान ८:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको एक स्थानीय तहका शाखा कर्मचारीले घुस वापतको खाली बैँक चेक लिने गरेको भिडियो बाहिर आएको छ ।
रौतहटको गुजरा नगरपालिकाका कर्मचारीले उपभोक्ता समितिसंग भुक्तानी दिनको लागि घुस लिने गरेको रहस्य भिडियोबाट बाहिर आएको छ ।
आईतबार समाजिक संजालमा सो नगरपालिकाका कर्मचारीले घुस लिएको र बार्गेनिङ गरेको भिडियो सार्वजनिक छ ।
स्वास्थ सेवाका कर्मचारी बिनोद जैसवाल निमित्त प्रसासकिय प्रमुख बनेपछी सो नगरपालिकामा भ्रष्टाचार र अनियमिता बढेको स्थानीयको आरोप लाग्दै आएको थियो ।
सो नगरपालिकाका कर्मचारीले उपभोक्ता समितिसंग भुक्तानी दिनु पहिलानै घुस लिने गरेको रहस्य बाहिर आएको र सो कार्यमा निमित प्रमुख जैसवालको निर्देशन रहेको भन्दै स्थानीयले जैसवाल सहित कर्मचारी माथी छानबिनको माग गरेका छन् ।

नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद जयश्वाल
आईतबार समाजिक संजालमा सो नगरपालिकाका कर्मचारीले घुस लिएको र बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएको थियो ।
सो नगरपालिकाका कर्मचारीले घुस वापतको रकम चेकबाट लिने गरेको पाईन्छ । भिडियोमा एकजना कर्मचारीले उपभोक्ता समितिसंग नाम नलेखी रकम मात्र तोकेर सहि गरेर चेक लिएको भिडियो बाहिर आएपछि सीधा घुस लिएको बताइएको छ ।
गुजरा नगरपालिकाका ओभरसियर राकेश यादवले उपभोक्ता समितिसंग नगरपालिकाले चेक बनाउनु पहिला नै आफ्नो कमिशन वापतको रकमको चेक लिएको भिडियो बाहिर आएपछि अहिले सो नगरपालिकामा खैलाबैला मच्चिएको कर्मचारीहरुले बताएका छन् ।
रौतहटका स्थानीय तहमा उपभोक्ता समितिले काम गरेको पैसा लिनु पहिला कर्मचारीलाई घुस वापतको रकम दिनुपर्ने बाध्यता रहेको छ ।
जनप्रतिनिधिको समय सकिनै लाग्दा जिल्लाका स्थानीय तहमा व्यापक रुपमा आर्थिक अनियमिता हुने गरेको गुनासो बढदै जान थालेको छ ।
गुजरा नगरपालिकाको सो भिडियोको बिषयमा नगर प्रमुख शन्तलाल चौधर संग बुझन खोज्दा उनीसंग सम्पर्क हुन सकेन् ।
भिडियो बाहिर आएपछि सो नगरपालिकाका कर्मचारी बिच आरोप प्रत्यारोप सुरु भएको छ।निमित्त प्रमुख जैसबाल भिडिओ सार्वजनिक भए देखि नै सम्पर्क बिहिन छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…