धनुषाको औरही र विदेहमा लोसपाको युवा जागरण रैली
युवाहरुले आईतबारबाट गरेको मोटरसाईकल रयाली जारी रहने बताइएको छ । लोकतान्त्रिक समाजवादी पार्टीको आगामी एजेण्डा र जनताले मन पराउनुको कारणहरुको नारा सहित जागरण रयाली गरेको हो ।

२०७८ चैत २७ आइतबार, राति ८:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको औरही गाउँपालिका र विदेह नगरपालिकाको विभिन्न गाउँवस्तीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवाहरुले जागरण रैली गरेको छ ।
आईतबार दिउँसो विदेह नगरपालिकाको ठाढीबाट सुरु गरेको जागरण रैली धनुषाको औरही गाउँपालिकाको विभिन्न टोल वस्तीमा गरेको हो ।
मोटरसाईकलमा सवार लोसपाका युवा नेताहरुले लोसपाको चुनावी एजेण्डालाई दर्साउँदै युवाहरुलाई जागरुक हेतु मोटरसाईकलमा जागरण रैली गरेको हो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) लाई लक्षित गरी लोसपाका युवा नेता रजनीश साहको अगुवाईमा लोसपाका युवा नेताहरुको टोलीले विदेह नगरपालिकासहित औरही गाउँपालिकाको विभिन्न वडामा गएर जागरण रयाली गरेको हो ।
मोटरसाईकलमा सवार युवा नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीलाई चुन्नको लागि जागरण अभियान स्वरुप मोटरसाईकल रयाली गरेको हो ।
युवाहरुले आईतबारबाट गरेको मोटरसाईकल रयाली जारी रहने बताइएको छ । लोकतान्त्रिक समाजवादी पार्टीको आगामी एजेण्डा र जनताले मन पराउनुको कारणहरुको नारा सहित जागरण रयाली गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…