मन्त्री लालबाबु राउतका पिए झाले दिए सँचारकर्मी झालाई धम्की
उनले भने, “ उनले मधुदेखि मधुमायासम्मको पीडा भन्ने लेखमा अपच हुने टिप्पणी गरे । मैले बारम्बार राजनलाई फोन गरे तर उनले उठाएनन । अन्त्यमा रिसाएर मैले उनलाई फेसबुक मेसेन्जरमा मेसेज गरेको छु । जथाभावी टिप्पणी गर्ने त्यसपछि फोन नै नउठाउने भएपछि त रिस उठीहाल्छ नी ।”

२०७८ चैत २७ आइतबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका वाणिज्य आपूर्ति तथा प्रविधि मन्त्री मो. लालबाबु राउतका स्वकीय सचिव प्रेमचन्द्र झाले एक सँचारकर्मीलाई अपशब्द प्रयोग गरी धम्की दिएको छ ।
प्रदेशका मुख्यमन्त्री समेत मन्त्री राउतको पिए सहित जनता समाजवादी पार्टीका कार्यकर्ता समेत रहेका प्रेमचन्द्र झाले एक अनलाईनका सँचारकर्मी राजन झालाई फेसबुक म्यासेन्जरमा अभद्र शब्द प्रयोग गरी धम्क्याएका हुन् ।
सँचारकर्मी झाले एउटा समाचार मधु देखी मधुमाया हुँदाको पिडा भन्ने शीर्षकमा टिप्पणी गरेको भन्दै मन्त्री लालबाबु राउतका पीएले राजन झालाई फेसबुक मेसेन्जर मार्फत गालि गलौज गरेको हो ।
सँचारकर्मी झालाई अपमान जनक शब्द ’बडका पत्रकार बैनगेले पत्रकारिता गा**र दक घुसाईर देबौ’ भनेर मैथिली भाषामा अपमानजनक शब्द प्रयोग गरी दुरव्यवहार गरेको हो ।
यो सन्दर्भमा जसपाका कार्यकर्तासहित मन्त्री राउतको पिए समेत रहेका प्रेमचन्द्र झाले सँचारकर्मी राजन झाले आफूलाई पटक पटक कुनै ठाउँमा नोकरी लगाईदिन भनेको बताउँदै लगाउन नसक्दा व्यक्तिगत रिसबी गरी अनाधिकृत टिकाटिप्पणी गरेपछि आफू आक्रोसित भएको स्वीकारे ।

उनले विभिन्न ठाउँबाट सवारीमा पेट्रोलको लागि, नोकरीको लागि, पैसा उठाउनको लागि आफूलाई गुहार लगाउँदा गर्दै आएकोमा नोकरी लगाउन नसक्दा व्यक्तिगत रिसबीले टिकाटिप्पणी गरेपछि आक्रोसित बनेको बताए ।
उनले भने, “ उनले मधुदेखि मधुमायासम्मको पीडा भन्ने लेखमा अपच हुने टिप्पणी गरे । मैले बारम्बार राजनलाई फोन गरे तर उनले उठाएनन । अन्त्यमा रिसाएर मैले उनलाई फेसबुक मेसेन्जरमा मेसेज गरेको छु । जथाभावी टिप्पणी गर्ने त्यसपछि फोन नै नउठाउने भएपछि त रिस उठीहाल्छ नी ।”

तपाईले लेख्नुभएको शब्दहरु कतिको जायज वा सान्दर्भिक छ भनेर न्यूज ब्यूरोले सोधेको प्रश्नमा पिए झाले आफूले केही पनि गलत नलेखेको दाबी गरे ।
यता, सोही सन्दर्भमा सँचारकर्मी राजन झाले प्रेमचन्द्रले आफूमाथि लगाएको आरोप निराधार रहेको तथा प्रमाणित गर्न चुनौती समेत दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…