भोली आईतबार सार्वजनिक विदाको घोषणा
राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् ।

२०७८ चैत २६ शनिबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले भोली आईतबार अर्थात चैत्त २७ गते देशैभरि सार्वजनिक विदाको घोषणा गरेको छ ।
नेपाल सरकारको गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा भोली आईतबार परेको राम नवमीको दिन देशव्यापी सार्वजनिक विदाको घोषणा गरेको हो ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।
गृहमन्त्रालयका प्रवक्ता एवम् सचिव फणिन्द्रमणी पोखरेलद्धारा हस्ताक्षरित सो सूचनामा राम नवमीको अवसर पारेर देशभरिको सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु बन्द रहने बताएको छ ।
त्रेतायूगमा चैत्त शुक्ल नवमीमा जन्म लिएका यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशियाली आज हजारौं वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाईन्छ ।
राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् ।
राम नवमीमा देशभरका नदि, ताल एवं कुण्डहरुमा नित्य स्नान गरी ब्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ । साथै अध्यात्मयुक्त वाल्मीकीकृत्य भानुभक्तीय रामायण समेत वाचन गरिन्छ ।
रामभक्तियुक्त भजनकीर्तनका साथ रात्री जाग्राम बस्ने परम्परा समेत चलिआएकोछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…