बालक अपहरण गरी मारेको आरोपमा बडही परिवारसहित ७ जना पक्राउ
बालक अपहरण गरी मारेको आरोपमा बडही परिवारसहित ७ जना पक्राउ

२०७८ चैत २५ शुक्रबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाहीस्थित बालकलाई अपहरण गरी ज्यान मारेको आरोपमा बालककै आफन्तहरु पक्राउ परेका छन् ।
गत चैत्त २० गते सर्लाहीको मलँगवा नगरपालिका वडा नम्बर १२ बस्ने दिपेन्द्र ठाकुरको ८ बर्षिय छोरा मिठु ठाकुर भन्ने आकाश ठाकुर आफ्नै घर अगाडीबाट बेपत्ता भएको थियो ।
स्थानीयहरुको सहयोगमा प्रहरीले चलाएको सर्च अपरेशनको क्रममा खोजतलास गर्दै गर्दा फेसबुक मेसेन्जरबाट आकाश ठाकुरको आफन्तसँग १५ लाख रुपैयाँ फिरौती मागेको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको कार्यालयहरुको सहकार्य र समन्वयमा यस कार्यालयबाट प्रविधिको प्रयोग गरी सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा मिठुलाई स्थानीय जगदिश बडहीको घरको छतमा लगेर मारेको खुल्न आएको बताइएको छ ।
आकाशलाई जगदिश बडहीको घरको माथिल्लो तल्लामा लगी कर्तव्य गरी मारी लास प्लाष्टिकको बोरा भित्र राखी जगदिश बडहीको घरको शौचालयको सेफ्टी टंयाकी भित्र हाली लुकाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
सोही आरोपमा स्थानीय ६० बर्षिय जगदिश बडही, उनको छोरा बर्ष २१ को कृष्ण ठाकुर, कृष्णको श्रीमति बर्ष १८ की निरुता शर्मा, सोही ठाउँ बस्ने, बर्ष २५ की सँगीता बडही, करिकबा भन्ने सुनिल ठाकुर बरही, ५० बर्षिय नेवा ठाकुर र मलँगवा नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ३१ को राकेश ठाकुरलाई पक्राउ गरिएको हो ।
तत्काल प्रहरी टोली सो ठाउँमा खटी गई हेर्दा शौचालयको सेफ्टी टंयाकी भित्र सेतो रङ्गको प्लाष्टिकको बोरा भित्र बालक मिठु ठाकुर भन्ने अकाश ठाकुरको लास फेला परेको थियो ।
लासजाँच प्रकृति मुचुल्का समेतको कार्य सम्पन गरी पोष्टमार्टम पश्चात् मृतकको आमा महासुन्दर ठाकुरलाई बुझाएको थियो ।
पक्राउ व्यक्तिहरु उपर अपहरण तथा शरीर बन्धक बनाई कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…