'वडाध्यक्ष मरिकले गुण्डा बोलाएर कुटाए' : सचिव मण्डल
न्यूज ब्यूरो || जनकपुरधाम, १७ चैत्त । धनुषा जिल्लाको कमला नगरपालिकाका एक वडा सचिवलाई वडाध्यक्षले गुण्डा बोलाएर कुटपिट गरेका छन् । नगरपालिकाको वडा नं. ८ का सचिव राम एकवाल मण्डललाई वडाध्यक्ष राजेश्वर मरिक यादवले आफ्नै वडाका वडासचिव मण्डललाई आफू सहित उनका छोरा र केही गुण्डालाई बोलाएर कुटपिट गराएको आरोप

२०७४ चैत १७ शनिबार, दिउँसो १२:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १७ चैत्त । धनुषा जिल्लाको कमला नगरपालिकाका एक वडा सचिवलाई वडाध्यक्षले गुण्डा बोलाएर कुटपिट गरेका छन् ।
नगरपालिकाको वडा नं. ८ का सचिव राम एकवाल मण्डललाई वडाध्यक्ष राजेश्वर मरिक यादवले आफ्नै वडाका वडासचिव मण्डललाई आफू सहित उनका छोरा र केही गुण्डालाई बोलाएर कुटपिट गराएको आरोप सचिव मण्डलले लगाएका छन् ।
वडाध्यक्ष मरिकले सचिव मण्डलको मोबाईल खोस्दै हातपात सहित दुरव्यवहार गरेको जनाइएको छ ।
'मैले नियम नीतिपूर्वक काम गर्दै आएको छु, वडाध्यक्ष ज्यूले गत २०६३ सालमा आएको टोलीमै रेकर्ड गएको रहेछ, तैपनि विदेश जानको लागि आफ्नो मान्छेलाई उमेर थपघटको लागि निरन्तर दबाब दिदै आए । मैले त्यो काम गर्न मनाही गरेको छु, बिना रेकर्डको थपघट गर्नु अपराध हो, कानुनको उलंघन म गर्न सक्दैन, यति नै भनेपछि वडाध्यक्ष राजेश्वर मरिकले गुण्डा बोलाएर ममाथि हातपात गराए ।' वडासचिव मण्डलले न्यूज ब्यूरोसँग भने ।
वडाध्यक्ष मरिकले बारम्बार अवैधानिक कार्यहरु गर्नको लागि आफूमाथि चाप दिएको भन्दै त्यस्ता अवैद्यानिक कार्य नगरिदिदा हातपात गरेको आरोप लगाएका छन् ।
उनले भने, 'कहिले दुईदुई हप्तासम्म मलाई अनुपस्थिती हुने आरोप लगाउने, कहिले हाजिरी गर्न नदिई हाजिरी रजिष्टर लुकाएर राख्ने, भन्दाखेरी विभिन्न डर, धम्की र त्रास देखाउने जस्ता विभिन्न क्रियाकलापहरु ममाथि हुँदै आइरहेको थियो, यसैक्रममा शुक्रवार ममाथि यो आक्रमण भएको छ । मेरो मोबाईल पनि खोसे, छोरा लगाएर कुटपिट गराए ।'
यता, वडाध्यक्ष मरिकले आफूमाथि लगाएको आरोपलाई खण्डन गर्दै निराधार बताएका छन् ।
न्यूज ब्यूरोसँग कुरा गर्दै मरिकले भने, वडासचिव मण्डल दुई दुई हप्तासम्म कार्यालयमा अनुपस्थित हुने, कुनै कार्य गर्न दिँदा आफूखुसी मात्र गर्ने जस्ता कार्यहरु गरेको भन्दै शुक्रवार केही भनाभन मात्रै भएको दाबी गरे ।
तर, वडासचिव मण्डलले भने आफूबाट अवैद्यानिक कार्य गराउन खोज्दा अस्विकार गरेकै खण्डमा हातपात सहित दुरव्यवहार गरेको दाबी गरेका छन् ।
सचिव मण्डलले, जनप्रतिनीधि हुँदैमा कर्मचारीलाई यसरी दुरव्यहार गर्न नपाइने भन्दै आईतवारदेखि कार्यालयका कामकाज ठप्प पार्ने बताएका छन् ।
कमला नगरपालिकाका नगरप्रमुख राम उदगार गोईले भने आफूकहाँ फोन सम्पर्क मार्फत घटनाको जानकारी मात्र आएको भन्दै दुवैपक्षसँग नभेटेसम्म केही भन्न नसकिने बताए ।
यता, नगरपालिकाका निमित्त प्रमुख देव कुमार यादवले "स्थानीय निकायमा अहिले कानुनी स्पष्टता कर्मचारीको अभाव, जनप्रतीनिधिको दबाब जस्ता कारणहरुको बाबजुद पनि सेवाग्राहीलाई मध्यनजर गर्दै काम गर्नुपर्ने अवस्थामा वडासचिवमाथि हातपात र दुरव्यवहार हुनु दुःखद घटना हो, यसलाई घोर भत्र्सना गर्दछु ।"
निमित्त प्रमुख यादवले फोन सम्पर्कको माध्यमबाट घटनास्थलमा प्रत्यक्षदर्शीको रुपमा रहेको वडासदस्य रामजीवन यादवलाई सोध्दा हो घटना भएकै हो, यस्तो घटना नहुनुपर्ने हो, यसले सेवाग्राहीलाई सेवाप्रवाहमा विभिन्न व्याधा र व्यवधानहरु उत्पन्न भई समस्याको सृजना हुने सम्भावना बढदै जान्छ भने ।
विभिन्न स्थानीय निकायमा नातावाद, कृपावादले गर्दा स्थानीय निकायका जनप्रतिनीधिहरुले कर्मचारीमाथि अवैद्यानिक दबाब दिएकै कारण पनि विवादमा पर्दै आएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…