जसपाबाट निर्वाचित वडा अध्यक्ष सिँह पनि लोसपामा प्रवेश
प्रवेश कार्यक्रममा लोसपाका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत २१ सोमबार, दिउँसो १२:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो बर्षको बैशाख ३० गते हुने भनिएको स्थानीय तहको चुनावको सरगर्मी बढदै जाँदा जसपाबाट निर्वाचित पदाधिकारीहरु अन्य पार्टीमा जाने क्रम जारी छ ।
सोही क्रममा धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष उदय कुमार सिंह सहित लोसपामा प्रवेश गरेका छ्न ।
स्थानीय निर्वाचनको मुखमा आएर हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलको अगुवाइमा जसपाबाट निर्वाचित वडा अध्यक्ष जसपाबाट निर्वाचित वडा अध्यक्ष सिंहसहित वडा सदस्य शशिकान्त कापर ,सदरे आलम ,लालमनी देवि ,अमृती देवि ले लोसपा नेपालमा प्रवेश गरेका छ्न ।
मेयरको काम काज प्रती सन्तुष्टता जनाउँदै उनीहरुले मेयर लागेको लोसपामा प्रवेश गरेका हुन् । “उहाँप्रती प्रेरित भएर नगरको भविष्य अब लोसपा पार्टीको हातमा मात्र छ ,अन्य अवस्थाको नजर गर्दै आफू खुसी राजी लोसपा प्रवेश गरेका छौ । फेरि लोसपाको सरकार हुने पक्का छ ।”– वडाअध्यक्ष सिंहले भने ।
वडाध्यक्ष सिँहलाई लोसपाका वरिष्ठ नेता शरतसिँह भण्डारी र हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले फूलमाला र अबिर लगाउँदै लोपसपामा स्वागत गरेका हुन् ।
प्रवेश कार्यक्रममा लोसपाका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…