सिरहामा नेता लीलाको लिल्लाः मतदाता फकाउन चर्को गर्मीमा फाईबरको सिरक बाँडदै
नरहा गाउँपालिका वडा नम्बर ३ स्थित केही जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरिएको हो ।
२०७८ चैत २१ सोमबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको नरहा गाउँपालिकाले प्रचण्ड गर्मी भएको बेला मोटो सिरक वितरण गरेको छ ।
तराई–मधेशमा अहिले चर्को घामले गर्मी बढेको छ। मौसम परिवर्तनसँगै गर्मी छल्ने मानिसहरु रुख वा शीतल स्थानको खोजीमा रहेको बेला गाउँपालिकाले ५० लाखको सिरक गर्मीमा वितरण गरिरहेको छ ।
जाडोको मौसम र शितलहरमा जसोतसो ज्यान जोगाएका गरिब, निमुखा, विपन्न परिवारको लागि ल्याएको सो फाईबरको मोटो सिरक गर्मी नै सहन नसक्ने अवस्थामा आएर वितरण सुरु गरेको छ ।
तराई मधेशमा गर्मीबाट बच्न सर्वसाधारण नागरिक आफ्नो हैसियत अनुसार पंखा, कुलरजस्ता विद्युतीय सामान धमाधम किनेर गर्मी छल्ने प्रयास गरिरहेका छन्। तर यस्तो गर्मी मौसमा सिरहाको नरहा गाउँपालिकाले सिरक र कम्बल बाँडिरहेको छ।
गाउँपालिकाले ५० लाखमा किनेको १५०० फाईबरको सिरक वितरण क्रममा गत विहिबार एमालेका नेता लीलानाथ श्रेष्ठले नरहा गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुलाई गर्मी सिरक बाँडेका छन् ।
स्थानीय चुनाव नजिकदै जाँदा स्थानीय तहहरुमा देखिएको चुनावी सरगर्मीसँगै गर्मीको मौसममा पनि जाडोको कपडा वितरण सुरु भएको छ ।

विभिन्न स्थानीय तहहरुले पुसको जाडोमा न्यानो कम्बल बाँडेपनि नरहा गाउँपालिकाले पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेको श्रेष्ठले चर्को गर्मीमा फाईबरको सिरक वितरण गरेपछि चौतर्फी आलोचना भएको छ ।
श्रेष्ठले मतदाता फकाउनको लागि जाडोमा वितरण गर्नुपर्ने मोटो कम्बल गर्मीमा आएर बाँडन थालेका छन् । गाउँपालिकाले ३३०० रुपैयाँ प्रति गोटा सिरक खरिद गरेको बुझिएको छ ।
अधिक परिणामा लिँदा बढीमा १८०० पर्ने फाईबर सिरक दोब्बर दाममा खरिद गरिएको भन्दै स्थानीयहरुले रकम अनियमितता गर्न नाटक रचेको आरोप समेत लगाएको छ ।
नरहा गाउँपालिका वडा नम्बर ३ स्थित केही जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…