जनकपुरमा 'जनकपुरधाम साहित्य महोत्सव २०७८' को तयारी पूरा, नेपाल भारतका श्रटाहरु सहभागी हुने
यसअघि कोषले २०७३ सालमा पहिलो महोत्सव तथा २०७५ सालमा दोश्रो महोत्सव गरेको छ।

२०७८ चैत २० आइतबार, बेलुकी ५:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित जनकपुरधाम साहित्य महोत्सव २०७८ को तयारी पूरा भएको छ ।
आगामी बुधबार अर्थात चैत्त २३ गतेदेखि शुभारम्भ हुने तीनदिने जनकपुरधाम साहित्य महोत्सवको लागि आईतबार आयोजक मैथिली विकास कोषले पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो ।
‘जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८’ नामक महोत्सवमा नेपाल भारतको दिग्गज श्रष्टाहरु सहभागी हुने जनाईएको छ ।
जनकपुरधामको जानकी मन्दिरको प्राङ्गण र जनकपुरधाम उद्योग वाणिज्य संघको महोत्सवका अधिकांश कार्यक्रमहरुको आयोजना गरिने भएको छ ।
केही कार्यक्रमहरु जानकी मन्दिरको प्राँगनमा गरिने भएको छ नाटक कार्यक्रमहरु जनकपुरधाम उद्योग वाणिज्य सँघको सभाहलमा गरिने मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले पत्रकार सम्मेलनको क्रममा जानकारी दिए ।
जनकपुरधाम साहित्य महोत्सवमा नेपाल तथा भारतका विद्वान, कलाकारहरु सहभागी हुने भएको छ।
महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानशीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने भएको छ। मैथिली भाषाको नाटक जनकपुरधाम, पटना तथा दरभंगाको टोलीले मञ्चन गर्ने छ।
यसैगरी, नेपाली भाषामा काठमाडौंको नाट्य टोली तथा हिन्दीमा भारतको मणिपुरका टोलीले नाटक मञ्चन गर्ने अध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षणमा साँस्कृतिक झाँकी सहितको शोभा यात्रा, रंगारंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको छ।
यसअघि कोषले २०७३ सालमा पहिलो महोत्सव तथा २०७५ सालमा दोश्रो महोत्सव गरेको छ।
यस पटकको महोत्सवमा करिब ३० लाख देखि ४० लाखसम्म खर्च हुने अनुमान आयोजकले गरेको छ। महोत्सवको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत साजवादी) का अध्यक्ष माधव कुमार नेपाल रहने छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…