शहिदनगरमा प्रमुख प्रशासकीय अधिकृतमा महतोले दोस्रो पटक सम्हाले कार्यभार
कर्मचारीहरुमा कुशल कार्यसम्पाद गर्ने कर्मचारीको रुपमा पुनः महतोलाई पाएको भन्दै कृतज्ञता प्रकट गरे ।

२०७८ चैत २० आइतबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामकिशोर महतो पदभार ग्रहण गरेका छन् ।
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादव सेवा निवृत भई अवकाश प्राप्त भएपछि शहिदनगरमा अधिकृत महतोले दोस्रो पटक पदभार ग्रहण गरेका हुन् ।
आईतबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा महतोले पदभार ग्रहण गरेका हुन् । उनलाई नगरपालिकाका कर्मचारीहरुले दोस्रो पटक स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित देखिएको थियो ।
सो क्रममा नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले उनलाई फूलमाला र अबिर लगाउँदै पदभार ग्रहण गराएका हुन् |
यसअघि पनि अधिकृत महतो २०७४ सालमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए । त्यसपछि महतो महोत्तरीको पिपरा गाउँपालिका, सिरहाको अर्नमा गाउँपालिका र सिरहाकै सखुवा नन्नकारकट्टि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित काम गरी त्यहाँबाट सरुवा भएर पुनः शहिदनगरमा आएका हुन् ।

आईतबार शहिदनगरमा स्वागत गर्दै मेयर बरबरियाले राष्ट्रसेवक कर्मचारीहरुमा कुशल कार्यसम्पाद गर्ने कर्मचारीको रुपमा पुनः महतोलाई पाएको भन्दै कृतज्ञता प्रकट गरे ।
स्वागत कार्यक्रममा बोल्दै अधिकृत महतोले शहिदनगर नगरपालिकासँग पुरानो लगाव रहेको तथा यहाँका सम्पूर्ण कर्मचारी र जनप्रतिनीधिहरुले सधैँ समन्वयकारी भूमिका निर्वाह गर्दै आएको अनुभव सुनाउँदै पुनः काम गर्नको लागि झन सहजता प्रदान हुने अपेक्षा राखे ।
अधिकृत महतोलाई जिन्सी शाखाका सुदिप भट्टराई, लेखापाल लोक बहादुर नेपाली, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव, उपमेयर शिला देवी कापर लगायत विभिन्न वडाका वडाध्यक्षहरुले फूलमाला र अबिर लगाउँदै भव्य स्वागत गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…