आदिवासी जनजाती कार्य समूहले बुझाए यी ९ जातीको सूची, सूचिकृत गर्न मेयरलाई ज्ञापन
आदिवासी जनजाती कार्य समूहका पदाधिकारीहरुको सँयोजकमा नगर उपप्रमुख रेणु झा सहित सदस्यहरुमा रुपनाराण मण्डल, बेचन मण्डल, सल्लाहकारमा जीवछ मण्डल, कर्मचारी सहयोगीमा लक्ष्मीनारायण मण्डल र विजय साह लगायतका रहेका छन् ।

२०७८ चैत २० आइतबार, बिहान ८:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आदिवासी जनजाती कार्य समूहले विभिन्न ९ जातीलाई समेटेर हँसपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
समूहको सचिवालय हँसपुर नगरपालिकाले हँसपुर नगरपालिकालाई सीमान्तकृत भनिएको ९ वटा जातीको सूचि तयार गरी प्रतिवेदन बुझाएको हो ।
मधेश प्रदेश धनुषाको हंसपुर नगरपालिका स्थित आदिवासी जनजातिमा सुचिकृत हुन छुटेका जातिहरु सुचिकृत गराउन लागि स्थानीय सरकार अन्तरगत ज्ञापन पत्र बुझाएका हो ।
आदिवासी जनजाती मा सूचिकृत हुन छुटेका जातीहरूलाई सूचिकृत गर्न सिफारिस गर्न भन्दै ज्ञापन पत्र बुझाएको जनाइएको छ ।
जस अनुसार, अमात, कुर्मी, केवट, कुम्हार, मलाह, बिन्द, भेडिहर, माली र बरहीलाई सूचिकरण गरी सूचिकृत गर्न नगर प्रमुख रामज्ञान मण्डललाई ज्ञापन पत्र बुझाएको हो ।
उपरोक्त जातीहरू सिमान्तकृत समूहमा परेको बताउँदै मेयर मण्डललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै मेयर मण्डलले भने, वास्तवमा समुदाय अनर्तगत पर्ने जातजातिको अधिकार् हुनुपर्ने बताए ।
आदिवासी जनजाती कार्य समूहका पदाधिकारीहरुको सँयोजकमा नगर उपप्रमुख रेणु झा सहित सदस्यहरुमा रुपनाराण मण्डल, बेचन मण्डल, सल्लाहकारमा जीवछ मण्डल, कर्मचारी सहयोगीमा लक्ष्मीनारायण मण्डल र विजय साह लगायतका रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…