एक डाक्टर घरको आँगनमा मृत फेला
सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् ।

२०७८ चैत १९ शनिबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरस्थित एक डाक्टर एक घरको आँगनमा मृत अवस्थामा फेला परेको छ ।
नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक मृत फेला परेका छन् ।
सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् ।
नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् ।
घटनास्थल विराटनगर वडा नम्बर ४ मा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घरको गेट नजिकै हात बटारिएको अवस्थमा उनी फेला परेका छन् । नोवेलमा उनी पाँच वर्षदेखि कार्यरत रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…