सिरहाका एक वडाध्यक्षको मृत्यू, नगरभरि सार्वजनिक विदा
वडा अध्यक्षको निधन भएपछि शुक्रबार नगरपालिकाभित्र शोक विदा दिइएको नगर प्रमुख साहले बताए ।

२०७८ चैत १८ शुक्रबार, दिउँसो ३:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित एक पालिकाको एक वडाध्यक्षको अल्पायूमै मृत्यू भएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षको हृदयघात (हर्ट अटैक) का कारण मृत्यू भएको हो ।
नगरपालिकाको वडा नम्बर ११ का वडाअध्यक्ष रामदेव यादवको शुक्रबार (आज) मृत्यू भएको हो । ५२ वर्षीय यादवलाई एक महिनाभित्रै दुई पटक हृदयघात भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।
उनका अनुसार एक महिनाअघि पनि उनलाई हृदयघात भएको थियो । त्यस बेला उपचार गराएर घर आएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो ।
हृदयघात भएपछि उनलाई उपचारका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको नगरप्रमुख साहले बताए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यादव नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै अन्तिम संस्कार गरिनेछ ।
वडा अध्यक्षको निधन भएपछि शुक्रबार नगरपालिकाभित्र शोक विदा दिइएको नगर प्रमुख साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…