साहुजी भगौडा भएपछि जसपाका युवा नेता यादवलाई जेल
बिगो माग गरिएपनि यादवले विगो सहितको रकम नतिरेपछि उनलाई अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए ।

२०७८ चैत १७ बिहीबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा साहुजीबाट लिएको पैसा साहुजीलाई तिरेपनि जसपाका एक युवा नेतालाई जेल चलान भएको दाबी परिवारजनले गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरका युवा नेता नविन यादवलाई जेल चलान भएको हो । साहुजीबाट लिएको ऋण तिरेपनि उनलाई जेल चलान भएको दाबी परिवारजनले गरेको छ ।
हँसपुर नगरपालिका वडा नम्बर ८ बस्ने साहुजी अरबिन्द साह बाट जसपाका पार्षद सदस्य समेत रहेको युवा नेता यादवले ऋण लिएका थिए ।
लेनदेनको मुद्दामा बिगो प्रकरणमा यादवलाई जेल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अन्य साहुजीबाट लिएको रकम समयमा नबुझाएको भन्दै उनीमाथि मुद्दा परेको थियो ।
यादवलाई एक वर्ष कैद वा ५ लाख रुपैयाँ विगो सहितको माग गर्दै लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतमा मुद्दा परेपछि केही दिनअघि पक्राउ गरिएको थियो ।
बिगो माग गरिएपनि यादवले विगो सहितको रकम नतिरेपछि उनलाई अदालतले एक वर्षका लागि जेल चलान गर्ने फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए ।

यता, नेता यादवको परिवारले साहुजीबाट लिएको रकम तिरिदिएपनि उनलाई जेल चलान भएको दाबी परिवारजनले गरेको छ । ऋण लिएको साहुजीबाट ११ लाख रुपैयाँ तिरेर मुद्दा उठाउने व्यवहारिक सहमति भएको नविनकी श्रीमतिले बताइन् ।
अदालतबाट ३५ लाख रुपैयाँको बिगो भएको बताउँदै ११ लाख रुपैयाँ तिरेर मेलमिलाप गरी आपसी सहमति गरिएको दाबी नविनको परिजनले गरेको छ । । तर मुद्दा दिने व्यक्ति अरबिन्द साह आफैँ विदेश भागेपछि यादवलाई जेल जानु परेको गुनासो गरिएको छ ।
दुवै परिवारबीच लेनदेनको मुद्दामा आपसी समझदारी भएको थियो । साहुजीलाई रकम दिएको तथा निवेदक बिदेश नै भागेपछि यादवले पैसा तिरेर पनि जेल जानु परेको गुनासो परिवारजनको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…